राजस्थानमा मूल प्रवाहद्वारा उद्वार कार्य जारी

जयपुर । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को कारण भएको लकडाउनले गर्दा होटल, रेस्टोरेन्टमा काम गर्ने मजदुरहरु गम्भीर मारमा परेका छन् । दुई महिनादेखि बेरोजगार बस्नु पर्दा एकातिर राशन खरिद गर्न पैसा सकिएर भोकै बस्न पर्ने स्थिति आउन थालेको छ भने, अकोर्तीर त्यसैमाथी कोठा भाडा दिन नसक्दा घरबेटीले कोठा खाली गर्न दबाव दिइरहेको अवस्थामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तरका नगर सदस्य दिलबहादुरको सक्रियतामा अर्घाखाँची पाणिनी गाउँपालिका पाली निवासी १६ जनालाई गाउँपालिकासँग सम्पर्क गरि गाउँको स्कूलमा कोरेन्टाईनमा बस्ने समझदारी गराई जयपुरबाट बस बुक गरि स्वदेश पठाईएको छ ।

त्यसैगरी अर्घाखाँचीकै राजस्थानको सवाईमाधोपुरमा अलपत्र परेका डाँडा कटेरीका ३ जना नेपालीलाई पनि क्षेत्रीय सचिव नारायण ज्ञवाली र नगर सदस्य दिलबहादुरको पहलमा स्वदेश पठाईएको छ । सवाईमाधोपुरमा होटलमा काम गर्दै आएका उनीहरु लकडाउनले होटल बन्द भए पछी उनीहरु समस्यामा परेका थिए । मूल प्रवाहले सवाईमाधोपुरबाट उनीहरुलाई जयपुर बोलाई स्वदेश पठाईएको थियो ।

त्यसैगरी चाउमीन, मोमोजको रेहड़ी चलाई आफ्नो जीविका चलाईरहेका थुप्रै नेपाली परिवारलाई राहत स्वरुप चावल, आटा, तेल, नुन, साबुन आदि वितरण गरिएको नगर अध्यक्ष रामप्रकाश शर्माले बताउनु भयो ।

यसैगरी क्षेत्रीय अध्यक्ष बेल बहादुर रजाली, सचिव नारायण ज्ञवाली, सदस्य ओम थापा, मंगल सिंह खड़का, महिला विभागकी सदस्य हुमा रजाली सहितको प्रतिनिधि मणडलले राजस्थान सरकारका परिवहन मन्त्री प्रताप सिंह खाचरियावासलाई एक ज्ञापन पत्र मार्फत जयपुरबाट नेपालका सीमानाहरुसम्म बसहरु पुनः छिटो भन्दा छिटो संचालन गर्न अनुरोध गरिएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेल बहादुर रजालीले बताउनु भयो ।

त्यसैगरी मूल प्रवाह जयपुर उत्तरका उपाध्यक्ष मंगल सिंह खड़काको सक्रियतामा क्षेत्रीय सचिव नारायण ज्ञवाली र मंगल सिंह खड़काले राजस्थान परिवहन विभागका चेयरमैनसँग भेट गरी राजस्थानका प्रत्येक जिल्लाहरुमा नेपालीहरु रहेको जानकारी गराउँदै अत्याधिक नेपालीहरु रहेका जयपुर, जोधपुर, उदयपुर, बिकानेर, कोटा, अलवर आदि ठाउँहरुबाट नेपाल बार्डर (सुनौली, कृष्ण नगर, रुपडियासम्म डाईरेक्ट बस सेवा उपलब्ध गराउन पनि माग गर्नुभएको छ । संगठनका सबै मागहरुप्रति सम्बन्धित निकायबाट सकारात्मक लिइएको जानकारी नारायण ज्ञवालीले गराउनु भयो ।

यसैगरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर संगठन समिति बिकानेरले आफ्नो पहलमा बिकानेरबाट कृष्ण नगरसम्म बस पठाएको छ । त्यहाँबाट राजु सुनारले दिनु भएको जानकारी अनुसार बिकानेरमा प्यूठान जिल्लाका मानिसहरु अत्याधिक संख्यामा रहेका हुनाले प्युठानका स्थानीय निकायसँग सम्पर्क गरि गाउँपालिकाहरुले सीमाबाट रिसिव गरि स्थानीय क्वारेनटाईनमा राख्ने जानकारी प्राप्त भएको छ । ६१ जना नेपाली श्रमिकहरुलाई दुईवटा बस बुक गराई बार्डरसम्म पठाईएको हो ।

जयपुर दक्षिणबाट रिम रानाले दिनु भएको जानकारी अनुसार पीजी, होटल आदिमा कार्यरत नेपालीहरुको ठूलो संख्या अहिले समस्यामा परेको छ । मूल प्रवाह जयपुर दक्षिणले आफ्नो स्तरमा करीब ९४ परिवारलाई राहत स्वरुप पहिले नै खाद्यान्न वितरण गरिसकेको र थप राहतको लागि स्थानीय सरोकारवालाहरुसँग समन्वय गरिरहेको जानकारी प्राप्त भएको छ ।

त्यसैगरि रेवाडी नगर समितिबाट तेजवीर घर्तीले दिनु भएको जानकारी अनुसार मूल प्रवाहको सहजीकरणमा स्थानीय प्रशासनको सहयोगमा नेपालीहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ भने, बेरोजगार नेपालीहरुलाई नेपालमा स्थानीय निकायले रिसिव गर्ने व्यवस्था मिलाई स्वदेश पठाईएको छ ।

सोही अनुसार जोधपुर र भिवाडीबाट पनि मूल प्रवाहको सहजिकरणमा बेरोजगार भई अलपत्र परेका नेपालीहरुलाई सीमानासम्म पठाईएको जानकारी क्रमशः खगेश्वर शर्मा र रामप्रसाद घिमिरेले दिनु भएको छ ।

यसैगरी निमरानााबाट मूल प्रवाहको पहलमा बेरोजगार भई अलपत्र परेका नेपालीहरुलाई स्वदेश पठाईएको जानकारी चित्रमान पुनले दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार