प्रदेशका मन्त्रीहरुबाट बजेट बाँडफाँडमा समेत भेदभाव : सांसद जिसी

बुटवल । प्रदेश नं ५ का राजमो सांसद तारा जिसीले “कुरा जस्ता कुरा गरे चित्त फाट्ने, नाँच जस्तो नाँच गरे घांग्रो फाट्ने” भने जस्तै प्रदेशका मन्त्रीहरुले बजेट बाँडफाँड गर्दा भेदभाव गरेको बताउनु भएको छ । त्यसका साथै प्रदेश सरकार जमिन्दार र भू–माफियाको पक्षमा रहेको समेत जिसीले बताउनु भएको छ ।

जिसीले प्रदेश संसदमा प्रस्तुत विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकताको सैद्धान्तिक छलफलमा भाग लिदैं– “सरकारको करार खेतीको नीतिले ठूला जमिन्दार र भू–माफियाको हितमा घुनपुत्लो समेत नलगाउने भन्दै सरकार जमिन्दार र भू–माफियाको पक्षमा छ” भन्नु भयो।

नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण बारे चर्चा समेत नगरिएकोमा आफूहरुलाई अचम्भ नलागेको र सरकारका गतिविधि समाजवाद उन्मुख दिशामा तर्फ जाने सम्भावना नरहेको बताउनु भयो । “नजाने गाउँको बाटो किन हिड्ने” चरितार्थ भएको थियोे तर यो विधेयकमा समाजवाद उन्मुख अर्थतन्त्र प्राथमिकतामा परे पनि सरकारको कृषि नीति अस्पष्टको साथै भनाइ र गराईमा खाडल रहेको समेत जिसीले बताउनु भयो ।

विधेयकमा बजेट कार्यन्वयनमा सुधार गर्ने, विनियोजन र खर्च विचको खाडल न्यून पार्ने, मितब्यायिता, अनुगमन बढाउने, सार्वजनिक खर्चलाई थप पारदर्शी र जवाफदेही बनाउने पटकपटक उल्लेख गरेर सरकारले गुनासो र यथार्थ राख्न खोजेको भन्दै आफ्ना कार्यकर्तालाई अवसर दिने, ठेकेदार उनै, कर्मचारी पनि आफ्नै मिलेर निडरतापूर्वक राज्यको श्रोत र साधन माथि रजाइँ भैरहेको कटाक्ष समेत जिसीले गर्नुभयो ।

पर्यटन मन्त्री समक्ष आफू पटक पटक योजना सम्बोधनको लागि गए पनि मन्त्री ज्यूले कुनै वास्ता नगरेको भन्दै संसदमा जवाफ दिनुपर्ने माग जिसीले गर्नु भयो । “कुरा जस्ता कुरा गरे चित्त फाट्ने, नाँच जस्तो नाँच गरे घांग्रो फाट्ने” भने जस्तै प्रदेशका मन्त्रीहरुले बजेट बाँडफाँड गर्दा भेदभाव गरेको बताउनु भयो ।

यो सरकारले पुरूषलाई महिला र महिलालाई पुरूष बनाउने बाहेक चाहेमा जस्तो सुकै काम पनि गर्न सक्ने भन्दै “हनुमान उड्न सक्ने शक्तिको सम्झना” गराए पछि किम्मदन्ती अनुसार उड्न थालेको किस्सा बताउँदै माथिदेखि तलसम्म आफ्नै सरकार भएकोले सदनमा गुनासो राख्नु भन्दा राम्रो काम गरेर देखाउन अनुरोध जिसीले अनुरोध गर्नु भयो ।

जिसीले प्रारम्भमा विधेयक बारे सुझाव दिंदै प्रदेशमा दक्ष मुख्यमन्त्री भएको माननीयहरूको भनाइमा आफु पनि सहमत रहेको भन्दै महत्वपूर्ण विनियोजन विधेयक सामान्य छलफल र वाक्यांश समेत नहेरी अधुरो प्रस्तुत गरेकोमा आपत्ती प्रकट गर्नु भयो ।

संघीयताको बिरोध पनि गर्ने यसैमा आफु साँसद बन्ने भन्ने हिजो एक साँसदले सदनमा उठाएको प्रश्नलाई संकेत गर्दै उहाँले आफू र आफ्नो पार्टी प्रदेश संसदमा संघीयतालाई मलजल गर्न नभइ भण्डाफोर गर्न आएको बताउनुभयो ।

यो पनि एउटा संघर्षको रूप भएको बताउँदै कम्युनिष्टहरू जातीय वा क्षेत्रीयतावादी होईन बर्ग संघर्षका पक्षधर हुन्छन् भन्ने कुरा बुझ्नुपर्ने जिसीको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार