कोरिन्टाईन वा बाख्राको खोर ?

  • सुरेशकुमार पाण्डे

अहिले बिदेशबाट देश भित्रिएका नागरिकहरुलाई सुरक्षित कोरेन्टाइनमा राखेर दुरदर्शियताको परिचय दिने प्रयात्न गर्नु पर्ने सरकारको वर्तमान प्रमुख जिम्मेवारी बनेको छ । यदि जनताका प्रतिनिधीहरुले जनताको भबिष्यसँग खेलवाड गर्दछन् भने त्यसका बिरुद्धमा जनताले सरकारलाई चेताउनु पर्ने आवश्यक हुन्छ । वर्तमान समय अत्यन्तै सम्बेदनशिल छ ।

विस्वमा कोविड १९ ले तहलका मचाएको छ । सन २०१९ को दिसम्बरमा चिनबाट सुरुभएको कोविड–१९ हाल संसारका १८८ देश भन्दा पढि देशहरुमा फैलिँदै गएको छ । आजसम्म विश्वमा ६१४९७१६ जनामा संक्रमित र ३७०३९७ जना भन्दा बढिको यो बिमारीले ज्यान लिइसकेको छ ।

भारतमा अहिलेसम्म १८१८२७ जनामा संक्रमित र ५१८५ को मृत्यु भैसकेको छ । नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ । २२० जना उपचारपछि घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या ८ पुगेको छ । अहिले चीन र ईट्लि बाहेक अरु देशमा कोरोना संक्रमण कम भएको छैन, भारत नेपाल र अमेरिका लगायतका देशहरुमा यो बढ्दै गएको छ ।

संसारमा कोरोनाबाट २७ लाख ५६ हजार भन्दा बढि निको भएर आ–आफ्ना घरमा फर्किएका रिपोर्टहरुले बताएका छन् । कोरोना नसरेका केहि देशहरु (अलजजिरा अनुसार) निम्न छन् । जसमाः किरिबाती, मार्शल आईल्यान्डस, माईक्रोनिसिया, नाराउ, उत्तर कोरिया, पालाउ, सामोआ, सोलोमोन, टोगा, तुर्कमोनिस्तान, ताभालु, भानुआतु लगायतका देशहरुमा अहिलेसम्म कोरोना पुगेको छैन ।

वास्तबमा अहिलेसम्मको सबै भन्दा ठुलो रोग कोविड नै भएको छ । जसको अझै पनि कतै कुनै बिश्वाशिलो औषधि भेटिएको छैन । मात्र यसलाई फैलिन नदिनको लागि भारत–नेपालमा मार्चको २२–२३ देखि लकडाउन छ ।

त्यो बेला अकस्मात सिमानाहरु शिल गर्ने, बिश्वको प्रोटोकालको नियम अनुसार जो जहाँ छ त्यो त्यहिं रहने र उसलाई सम्बन्धित सरकारले रेखदेख गर्ने भनियो । सरकारी तथा गैर सरकारी सेक्टरहरुमा रुल एण्ड रेगुलेशन प्रोटोकालको लागु गर्ने गरि उनीहरुलाई डिप्टिमा न आए पनि तलब दिनुपर्ने भारत सरकारले घोषणा गर्यो, कुनै पनि किरायादारलाई क्वाटर खालि गर्न नपाइने बताईयो तर त्यो हाथीको देखाउने दात साबित भयो ।

प्राईबेट सेक्टरमा दोस्रो लकडाउनको अबधि पछि मजदुरहरुलाई हटाईयो । यहाँसम्म कि घरमालिकले पनि उनीहरुलाई घर खालि गर्न लगायो । यसको सबै भन्दो ठुलो असर प्रवाशी मजदुरहरुलाई पर्न गयो । उनीहरु सिधै सडकमा आउँन बाध्य भए ।

कैयौं राज्यहरुमा कयौँ दिनसम्मको पैदल हिंडेर मजदुरहरु आफ्ना घरसम्म पुगे तर नेपाली श्रमजीवीहरुलाई त्यो पनि सम्भव भएन । बोर्डर सिल भएकोले उनीहरु खुला आकाशको मुनी भोकै प्यासै बस्न बाध्य भए । नेपाल सरकारले त्यो बेला आफ्ना नागरिकहरुलाई देश भित्र्याएर शुरक्षित स्थानमा राख्न सकेको भए नेपालमा कोरोना फैलिने सम्भावना कम थियो, तर सरकारको हेलचक्राइले अब देशमा अबस्था भयावह स्थिति श्रृजित भएको छ ।

सरकार कै गलत कदमका कारण कयौँ भागेर, लुकिछिपी देश भित्रिए तर सरकारले ध्यान दिएन । देश भित्राउँने काम सरकारद्वारा सहज रुपमा गरेको भए देश शुरक्षित थियो । छिमेकिले ढेकल्दै गर्यो तर सरकारले भित्र्याएन । परिणाम अहिले सबैको अगाडि छ । जो मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पहिले सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । वास्तबमा भारतस्थित नेपालीहरुलाई यस्तो बेलामा पनि भारतमा बसेको राजदूतावासले तमासा हेरेर बस्ने बाहेक जनताको कुनै पनि हितमा कार्य गर्नै सकेन । मात्र मूल प्रवाह लगायतका केही सामाजिक संगठनहरुले निरतन्तर सहयोग नगरेको भए भारतमा भोकै मर्नेहरुको लास गन्ने काम गथ्र्यो होला ।

नागरिक आफ्नो देशभित्र जान नपाएर कयौँ बिमार भएर मरे, उनीहरुको शवले पनि नेपाली माटो पाउन सकेन । यस्तो भयावह अबस्था भारतमा श्रृजित भयो । अहिले भारतबाट दिनहुँ हजारौँ नागरिकहरु भित्रिएका छन् तर सरकारले उनीहरुलाई शुरक्षित कोरेन्टाईनको ब्यबस्था गर्न सकिराखेको छैन । कैयौँको कोरिन्टाईन मै मृत्यु भएको सुचना आएको छ । उनीहरुलाई पशु जस्तै खोरमा थुनेर राख्ने काम भएको छ । यो अबस्थामा कोरोना झन् फैलिने र देशमा जटिल अबस्था आइलाग्ने देखिन्छ ।

अहिलेको सबै भन्दा ठुलो प्राथमिकता देशमा कोरोना फैलिन नदिन बिदेशबाट देश भित्रिएका नागरिकहरुलाई शुरक्षित कोरोन्टाईनको ब्यबस्था गरेर उनीहरुको नियमित जाँच पड्ताल गरेर छिटोभान्दा छिटो जाँच रिपोर्ट ल्याउँने गर्नु पर्छ तर सरकारलाई त्यो भन्दा पनि देशमा बिदेशीहरुलाई कसरी भित्राउँने एमसिसि पारित गरेर कसरी कमिशन खाने यो चिन्ता बढि देखिन्छ ।

सरकारले जहिले पनि राष्ट्रघात भएको नजर अन्दाज गरेको हुन्छ । जब जनताले राष्ट्रियता र जनतन्त्र जनजिविकाको बिषयलाई लिएर आन्दोलन गर्छन् त्यसलाई छलछाम गर्न जनताको प्रतिनिधि जस्तै देखावटी गरेर ठिक त्यसको उल्टा गरेको हुन्छ । पहिले कालापानी र लिपुलेख लिम्पियाधुरालाई हाम्रो भनेर नक्शा पारित गर्ने सरकारले त्यो मुद्धालाई संबिधानमा थप्न र पारित गराउँन सकेन बरु आफ्नो एजेन्डाबाटै हटाई दियो । अहिले एमसिसिलाई जोडतोडले पारित गराउने प्रयत्नमा छ । यदि साँच्चै सरकार देशभक्तको हो भने संघीयतालाई खारेज गरेर देखाओस ।

राष्ट्रिय हितको मुद्धा सरकारले उठाउँदैन, उसले बिदेशमा अलपत्रपरेका नागरिकलाई हेर्न सक्ने सामथ्र्य राख्दैन । उसलाई कुर्चि जोगाउनु छ । कमिसन खानु छ । आठवटा सरकार बनाएर नौवटा संसदमा गफ छाँट्टनेहरु जम्मा गरेर देखाउनु छ । अहिले यी नै सदन खाली गरेर बिदेशबाट आएका नागरिकहरुलाई राख्ने कोरेन्टाइनको रुपमा व्यवस्था गर्नु पर्छ । यसरी भेंडा बाख्रा जस्तै खोरमा थुनेर कोरिन्टाइनको नाउँमा जनतालाई मार्न पाईदैन ।

३१ मई २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार