जनजाति सम्मेलनको कविता वाचन कार्यक्रम सम्पन्न

प्रकाश थापा मगर/काठमाडौँ

अखिल नेपाल जनजाति सम्मेलनले “कोरोना सङ्कट र राष्ट्रियता” विषयक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको प्रमुख आतिथ्यतामा तथा जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाको सञ्चालनमा सम्पन्न सो कार्यक्रम भर्चुअल माध्यमद्वारा २०७७ जेष्ठ १९ गते आयोजना गरिएको थियो ।

२५ जना स्रष्टाहरूले वाचन गर्नुभएका कविता, मुक्तक, गजल, गीत, लघुकथा र मन्तव्यबारे सङ्क्षिप्त समीक्षा मन्तव्य व्यक्त गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले कार्यक्रममा प्रस्तुत रचनाले कोरोना सङ्क्रमणको सन्दर्भमा मानवीय पक्ष, देशभक्ति र राष्ट्रियताको रक्षा, वर्गसङ्घर्षको विषय उठान गरेको बताउनुभयो । वाचित रचनाहरू स्तरीय भएको बताउँदै उहाँले आयोजक संस्थालाई पुस्तकाकारमा प्रकाशित सुझाव दिनुभयो । सो अवसरमा उहाँले गद्य कविता लेख्ने कविलाई शब्द चयनमा ध्यान दिन र पद्य कविता लेख्ने कविलाई तत्सम्भन्दा पनि तद्भव शब्दको चयनतर्फ जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रकाश थापा मगर, गुरुप्रसाद कुमाल बुलबुल, झपेन्द्र जिसी, तारामणि न्यौपाने, सुमन थापा, अनिलकिशोर घिमिरे, विशाल दर्लामी, बिना थिङ तामाङ, आविष्कार कला, गिरीप्रसाद बुढा, ऋतु केसी, गङ्गा अभिलाषी, जगत्प्रसाद रेग्मी, सागर केसी, दलबहादुर गुरुङ, मनु विक र केशव थापाले कविता वाचन गर्नुभएको थियो ।

त्यस्तै, कार्यक्रममा सीता काफ्ले र आविष्कार कलाले मुक्तक, धनमाया राई, रामबहादुर जिएम र गीतारानी बलालले गीत, मुकुन्द रोका र सागर थापाले गजल, हरिप्रसाद भण्डारीले लघुकथा र बिन्दा उप्रेतीले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रविधि संयोजन जनजाति सम्मेलनका केन्द्रीय सदस्य मीन रानाले गर्नुभएको थियो । रचना वाचन कार्यक्रममा जनजाति सम्मेलनका केन्द्रीय नेताहरू रामबहादुर जिएम, कला राई, रमेशमान गुरुङलगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार