निशानछाप परिवर्तनका लागि समर्थन, तर अन्य विषय घुसाउनु गलतः केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालको नयाँ नक्सा अनुरुप निशानछाप परिवर्तनका लागि सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावलाई समर्थन गरेको छ । सोमबार विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीले सरकारको प्रस्तावको समर्थन गर्नुभएको हो ।

विज्ञप्तिमा अध्यक्ष केसीले निशानछापबारेको संशोधन प्रस्ताव पेश भएका बेला अन्य विषयमा संविधान संशोधन गर्न खोज्नु मूल विषयबाट ध्यान हटाउने प्रयत्न भएको बताउनुभएको छ ।

राजमो अध्यक्ष केसीले आफ्नो पार्टीले संघीयता खारेजीका लागि संविधान संशोधन गर्नुपर्ने धारणा राख्दै आएको सन्दर्भमा निशानछापको मूल विषयबाट ध्यान अन्यत्र जान नदिने र उपयुक्त समयमा त्यो प्रस्ताव ल्याउने बताउनुभएको छ ।

तर, अन्य कुनै पक्षले संविधानमा संशोधनसम्बन्धी कुनै प्रस्ताव ल्याएमा हामीले पनि संघीयताको खारेजसम्बन्धी आफ्नो संशोधन प्रस्तावलाई तत्काल नै प्रस्तुत गर्ने केसीले स्पष्ट पार्नुभएको छ ।

केसीले विज्ञप्ति प्रकाशित गरेको केहीबेरमै सोमबार मधेशवादी दलहरु राजपा र समाजवादी दलले आफ्ना एजेण्डा संविधानमा घुसाउन संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार