छद्धम तत्वहरुबाट बचौं

खिमराज चालिसे, (चंडिगढ)

पत्थर जस्तै दृढताको अन्धकार चिर्ने असिम जोसछ ।
सामन्ती संस्कार विरुद्ध लडदै संसार वदल्ने जोस छ ।।
मृत्युको भय छैन, जसलाई चरित्र हत्याको डर छैन ।
अंहकार छैन, दृढ़ निश्चय छ पद प्रतिष्ठा, लोभ छैन ।।

क्रान्ति र परिवर्तनका लागि जसले सारा जीवन सुम्पन्छ ।
एक–एक मिनट समाज परिवर्तन कै लागि सुम्पन्छ ।।
अनुशासनको विष्लेषण गर्दै गुटवन्दी गरिरहने ।
अरुको इशारामा नाच्दै घर भित्र नै सधै लडिरहने ।।

नेतृत्व विरुद्ध लुकेर वार गर्ने गुटवन्दीको खेल खेल्ने ।
नेतृत्वलाई तथानाम गाली गर्ने पर्दाभित्र खेल खेल्ने ।।
रात–दिन एक गरि परिश्रम गर्नेको श्रम देख्दैन जसले ।
जीवन पुरा समर्पण गरेको नि महत्व वुझ्दैन जस्ले ।।

सिंको नभाच्ने तर क्रान्तिकारी गफ हाक्ने चरित्र बन्दैछ ।
नगर्नै नगरेको राम्रो मान्ने केही मान्छेको चिन्तन बन्दैछ ।
जसले त्यो ठाउँमा पुरायो उसलाई त कठै भुलिसकेछ ।
अरुको इशारामा नाच्दानाच्दै आफनैलाई भुलिसकेछ ।।

वर्षौं काम गरेको हुँ भन्दै, आफ्नै ताल ठोकि रहन्छन् ।
घरभित्र चेतना नलिने, संसार फेर्छु भनिरहन्छन ।।
परिवार भित्र हेर, चेतना नै दिन नसक्ने विवशता ।
नेतृत्व विरुद्ध नै कार्यकर्तालाई भ्रम छर्ने विवशता ।।

वास नुगाउने चरिको कथा झै हो नेतृत्व विरोधी मान्छे ।
पद्धती विरुद्ध तथा निर्णय विरुद्ध नेतृत्व खोज्ने मान्छे ।।
पद्धती र नेतृत्व अधिनस्थ नबस्ने कार्यकर्ता हुन्छर ?!
संधै घरमा झगडा गर्ने के क्रान्तिको पक्षपाती हुन्छर ? !!

छद्धम तत्वहरुबाट बचौं क्रान्ति पथलाई बचाऔं ।
मार्क्सवाद, लेनिनवाद तथा माओविचारलाई बचाऔं ।।
रक्षा कवज बनौ सबै अवसरवादलाई परास्त गरौं ।
वर्ग संघर्ष, सर्वहारा अधिनायकत्वको रक्षा गरौं ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार