एमसीसी खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय संगठनहरुले एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

बुधबार माइतीघर मण्डलामा ‘राष्ट्रघाती एमसीसी खारेज गर, जनता के चाहन्छ ? स्वाधीनता र समानता, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं’ लगायतका नाराबाजीसहित प्रदर्शन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले एमसीसी संसदबाट पास गरिए नेपाल अमेरिकी साम्राज्यवादको रणमैदानमा परिणत हुने र नेपालको सार्वभौमिकतामाथि गम्भीर आँच आउने भन्दै एमसीसी खारेज गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार