मूल प्रवाहद्धारा तारापुरमा राहात वितरण

तारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समितिले 40 परिवारलाई राहात वितरण गरेको छ । राहात वितरणका लागि आइएमई कम्पनीले आर्थिक उपलब्ध गराएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण भारतकामा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) जारी छ । बन्दाबन्दी लम्बिएपछि रोजगारी गर्न आएका नेपालीहरु रोजगार विहिन बनेका छन् । वेरोजगारी सँगसँगै नेपाली श्रमिकहरुमा खाद्यान्नको अभावले भूकमरीको समस्या उत्पन्न हुने सम्भावना बढ्ेको छ ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समितिले आइएमई कम्पनीको सहयोगमा समस्या ग्रस्त २५ परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको हो । उक्त राहतका लागि बेद बहादुर कार्कीले पहल गरेका थिए ।

सो अवसरमा मध्य पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष टंक कुवँर, तारापुर नगर समितिका विभिन्न पदाधिकारहिरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार