कोरोनाबाट मुम्बईमा एक नेपालीको मृत्यू, मूल प्रवाहको रोहबरमा अन्तिम संस्कार

मुम्बई । कोरोना संक्रमणका कारण भारतको मुम्बईमा एक नेपालीको मृत्यु भएको छ । मृतक रुपन्देही जिल्लाको देवदह नगरपालिका– १० निवासी ५७ वर्षीय जीवन बिक रहेको उल्लास नगरमा रहेको सेंट्रल हस्पिटलले जनाएको छ । 

मुम्बईमा समुन्द्री तुफान आउने भनी सरकारले हाइअलर्ट जारी गरिरहेको परिवेशमा पनि मूल प्रवाहका कार्यकर्ताहरु सक्रियता पूर्वक खटिई मृतकको बारेमा विबरण प्राप्त गरि केन्द्रीय कार्यालयमा जानकारी गराएका छन् ।

प्राप्त जानकारी अनुसार हृदयघात र कोरोना पोजेटीपका कारण मुम्बई उल्लास नगरमा रहेको सेंट्रल हस्पिटलमा उपचारको क्रममा ३० मई २०२० का दिन जीवनको दु:खद निधन भएको थियो। अस्पतालले जारि गरेको मृत्यू सर्टिफिकेटमा मृतक मुम्बई ठाने जिल्लाको उल्लास नगर स्थित जैशंकर होटलमा कार्यरत थिए।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा सो घटनाको जानकारी प्राप्त हुनासाथ मध्य पश्चिम भारत क्षेत्रीय समितिका सचिव मोहन ठकुल्ला सत्यतथ्य जानकारीका लागि सो क्षेत्रमा खटिनु भएको थियो । जीवनको निधन पश्चात होटल मालीक सम्पर्क विहिन रहेको मोहन ठकुल्लाले हामीलाई जानकारी दिनुभएको छ ।

मूल प्रवाहका कार्यकर्ताहरुले यो कोरोना महामारीको साथसाथै, स्वयं मृतक नै कोरोना संक्रमित भएको अवस्थामा पनि आफ्नो ज्यानको प्रवाह नगरि मृतकको अन्तिमसंकारमा जुटेका थिए । त्यसका साथै आर्थिक, नैतिक तथा भौतिक सहयोग गरि भारत स्थित नेपालीहरूको अविभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मात्र रहेको व्यवहारिक रुपमा पुष्टि गरेका छन् ।

घटनाको सम्पूर्ण जानकारी गुडगाउमा रहेको मृतकका आफन्तले घरसम्म पनि समाचार पठाई सकिएको छ ।

https://www.facebook.com/mahendra.basyal/videos/pcb.10223336599110387/10223340657571846/?type=3&theater

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार