परदेशीलाई भेदभावपूर्ण व्यवहार नगर सरकार

कुल बहादुर वगाले (जालंधर)

विश्वव्यापी रूपमा फैलिएको नोवेल कोरोना (कोविड १९) को महामारीको कारण नेपालमा पनि जोखिम अवस्था देखापर्दै गएको छ । सो जोखिम अवस्था अहिले अझै उच्च जोखिममा परिणत नहोस् भन्ने हेतु राज्यले गरेको निर्देशनमा व्यवस्थापन गर्ने सेना, पुलिस प्रशासन, डाक्टर लगायत सम्पूर्ण स्वास्थ्य कर्मचारी, स्थानीय सरकारका जनप्रतिनिधिहरु र स्वयंसेवक एवं विभिन्न संघसंस्थाहरुको जो भूमिका रहेको छ, उक्त भूमिकाको उच्च सम्मान गर्दछौं ।

तर जबजब देशमा कोरोनाको संक्रमण बढ्दै गएको छ, तेस्रो मुलुकहरू र भारतबाट परदेशीहरु नेपाल भित्रिएपछि कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भएको भन्ने राष्ट्रियरुपमा खबर प्रसारण समेत सुन्न आएको छ । त्यति मात्र नभएर हाम्रो देश नेपालको प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले केहिदिन पहिले दिएको अन्तर्वार्ता “नेपालमा भारतबाट नेपाली भित्राएर देशै सोत्तर पार्ने होर ?” भन्ने अनतर्वार्ताले यो पनि पुष्टि भएको छ कि नेपाल भित्रीने परदेशीहरुलाई सरकार र राज्य व्यवस्थाले हेर्ने दृष्टिकोण पनि पक्षपाती तथा भेदभावपूर्ण तरिकाले हेर्ने र दुरव्यावहार समेत गर्ने गरिएको छ । यसो गर्नु त भएन सरकार ।

यदि यस्तै गरि रहने हो भने, सरकारले मात्र बृद्ध र बालबालिकाहरुको बिचमा मात्र राजनीति गर्न सफल भएको छ । तर विदेशमा भएका नेपालका सबै युवाहरू नेपाल फर्किने हो भने यो सरकारले देश चलाउन असमर्थ रहने सङ्केतसम्म बुझिन्छ । सरकार यो पनि हेक्का गर कि, हालसम्म नेपाल आएका युवाहरू लकडाउनका कारण रोजगार गुमाई समस्यामा परि अलपत्र परेकाहरु मात्र फर्केका छन् । यदि भोलि सबै फर्के भने के गर्ने ? भन्ने विषयमा चिन्ता गर । सधैंभरी आफ्ना युवाहरुलाई अरुको गुवाला लगाएर तिम्रै सरकार टिकिरहला भन्ने ग्यारेन्टी पनि छैन है ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार