गजल

सुरेशकुमार पाण्डे

एमसीसीको बिरुद्धको सोर छ जताततै,
जनतामा आक्रोश नै घनघोर छ जताततै।

जनताले देशको लागि लडेका हुन्छन् तर,
सरकारको एमसीसीमा जोर छ जताततै।

अंग्रेज साम्राज्यवादले नयाँ जाल फाल्यो,
यस भित्र लुकेको नियती फोर छ जताततै,

बिस्तारै देशलाई गुलाम बनाउँने रणनीति,
त्यसैको लागि बलियो यो डोर छ जताततै,

छैनन् कोई साधुसंत आ–आफ्नै स्वार्थ मा,
जनता जागा बसे लुटेरा चोर छन् जताततै ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार