राजमो कपिलवस्तुद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नवराज पौडेल, कपिलवस्तु ।
एमसीसी विरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

हालै सरकारको निति तथा कार्यक्रम र आर्थिक बजेट २०७७/०७८ मा एमसिसी समावेश गरिएको र सरकारले यसलाई पारित गराउन विभिन्न प्रयत्न गरेको भन्दै विरोध स्वरुप प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जिल्ला अध्यक्ष दधिराम आचार्यले जानकारी दिनुभयो ।

ज्ञापन पत्रमा एमसीसी सम्झौता गरे नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनता मा गम्भिर संकट पर्ने भन्दै यसले नेपालको संविधान र कानुनलाई समेत निष्कृय बनाईदिने हुदा नेपाली जनताको भावना विपरित पारित नगराउन गम्भिर ध्यानाकर्षण गरिएको जनाईएको छ ।

कार्यक्रममा नेकपा (मसाल)का जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल किसान संघ केन्द्रीय उपाध्यक्ष शिवप्रसाद पौडेल,अखिल नेपाल बुद्धिजीवि संघ कपिलवस्तुका संयोजक शशि सापकोटा लगाएको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार