एक टुक सरकारलाई “आकाशको फल आँखातर मर !”

देवेन थापा, साइप्रस

नेपाल सरकारले उद्धारका लागि उडान भनेर नेपाल सरकारको निजी स्वामित्व रहेको २ जहाज नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज सहित विभिन्न एयरलाइंससँगको सहमतिले प्रवासस्थित नेपाली नागरिकहरुको भावना र विश्वासप्रति खेलवाड गरेर प्रवासमा भोकै, बिना पेशा बस्नेवास सम्म जोहो गर्न नसक्ने स्थितिमा आइपुग्दा नेपाल फर्कन बाध्य भएका श्रमजीवी नेपाली नागरिकहरुसँग महंगो दरमा हवाई टिकट मार्फत रकम असुली गर्दैछ, यो निन्दनीय कार्य भएको जो कसैलाई पनि अनुभूति हुन्छ ।

उता केही दिन पहिला नेपाली राजदूतावास ईजरायलले आह्वान गरे, यता साइप्रसबाट ४३५ ईजरायलबाट ४७ गरी जम्मा ४६३ जनाले नेपाल जानका निमित्त अनलाईन फारम भर्नुभएको थियो ।

उहाँहरु यो राजदूतावासले जारी गरेको अनलाईन फारम भरेपछि नेपाल सरकारको निःशुल्क सुविधामा नेपाल पुगिने अपेक्षितमा हुनुहुन्थ्यो । तर आज सेतोपाटी अनलाईन खबरबाट समाचार सम्प्रेषणित भए पछी साइप्रसस्थित नेपालीहरुलाई मात्र नभई विश्वका कुना कन्धरामा फस्नु भएका सबै नेपालीहरुलाई स्तब्ध बनाएको छ ।

उद्धार भनेर उडानका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेर कोभिड–१९ व्यवस्थापन सिसीएमसीको जानकारी अनुसार जेठ ३२ देखि असार ११ गतेसम्मको उडान तालिका बनेको भनिएको छ ।

तालिका अनुसार

जेठ २९ गते, कुवेतमा (२ उडान)
जेठ ३२ गते, बंगलादेश
असार १ गते, माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर कम्बोडिया, ओमन
असार २ गते, दुबई, कतार, कुवेत, श्रीलंका कम्बोडिया, माल्दिभ्स
असार ३ गते, बैंकक, बहराइन, बंगलादेश, कतार, संयुक्त राज्य अमेरिका
असार ४ गते, साउदी (रियाद), दुबइ, मलेसिया, ओमन
असार ५ गते, जापान (नारिता), कुवेत, साउदी अरब, नाइजेरिया
असार ६ गते, साइप्रस, मलेसिया, कतार, आबुधाबी (संयुक्त अरब इमिरेट्स), बंगलादेश, युरोपियन युनियन
असार ७ गते, दक्षिण कोरिया, ओमन, कुवेत, मलेसिया
असार ८ गते, अष्ट्रेलिया, बैंकक, पाकिस्तान, कतार
असार ९ गते, जापान (नारिता), माल्दिभ्स, आबुधाबी, युगान्डा
असार १० गते, साउदी अरब, कुवेत
असार ११ गते, संयुक्त राज्य अमेरिका, साइप्रस र इजरायल

नेपालमा जनताको सरकार छ भनिन्छ । यस्तै हुन्छ अरु मूलुकहरुमा पनि जनताको सरकार….? घर–घरमा सिंहदरवार पुग्यो भन्थ्ये, यस्तो हुन्छ सिंहदरवारमा बसेका जनताका अवस्था आफ्नो घर पनि फर्कन नसक्ने…?
जनताका दुःखका दिन जाने छन्, सुनौलो सुन्दर भविष्य निर्माण हुने छ । भनेर हिजो जन–आन्दोलनमा पढ्ने अधिकारसम्म खोसेका टट्टुरामहरु कता गए..?

भाडा दर सबै अमेरिकी डलर

बांग्लादेश..१६५ डलर १९९३८ नेपाली
नया दिल्ली..२०५ डलर २४७७२ नेपाली
मुम्बई……..३१० डलर ३७४६० नेपाली
बैंगलोर……३३५ डलर ४०४८१ नेपाली
वैंकक…….३९० डलर ४७१२८ नेपाली
कम्बोडिया..४००डलर४८३३७ नेपाली
दुवई…….५०० डलर ६०४२० नेपाली
आवुदावी..५०० डलर ६०४२० नेपाली
सारजाह…५०० डलर ६०४२० नेपाली
माल्दिप..५०५ डलर ६१०१४ नेपाली
ओमान…५१०डलर६१६२८ नेपाली
क्वालम्पुर ५२० डलर ६२८३६ नेपाली
दोहा……५४५ डलर ६५८५७ नेपाली
वहराईन..५४५ डलर ६५८५७ नेपाली
हंगकंग…५५० डलर ६६४६२ नेपाली
कुवैत…..५७० डलर ६८८७८ नेपाली
साउदी..५९० डलर ७१२९५ नेपाली
रियाद….६३० डलर ७६१२९ नेपाली
जेद्हा….७७० डलर ९३०४७ नेपाली
जोर्डेन….८१५ डलर ९८४८४ नेपाली
साइप्रस..८७५ डलर १०५७३५ नेपाली
नारिता…९३५ डलर ११२९८५ नेपाली
सुडान….९४० डलर ११३५८९ नेपाली
फ्रयांकफर्ट..१२५५ डलर १५१६५४ नेपाली
लण्डन…..१३४९ डलर १६२९२५ नेपाली

हामी नेपालीहरुको कस्तो विडम्बना । आउँदा पनि लुट्टिनु पर्ने, जाँदा पनि साइप्रसबाट ८७५ अमेरिकी डा‘लर भाडा भनि तोकिएको छ, जो १०५७३५ नेपाली रुपैयाँ हो । यस्तो कोरोनाको महामारीमा खान बस्न धौ–धौ भएको बेला यत्ती धेरै चरम महंगो खर्च गरेर हामीहरु कसरी नेपाल जान सक्छौं सरकार ? नेपालीहरुको आफ्नो देशमा सरकार छ भन्ने प्रत्याभूति महसूस गर्न सक्ने दिन कहीले आउला….? हामी प्रवासमा जीवन विताउन बाध्य पारिउकाहरुलाई “आकाशको फल आँखा तर मर !” को विकल्प नरहे कै हो त सरकार ?

मलाई लाग्छ साहेद, कोही पनि नेपाल जान सक्नु हुँदैन होला । यो भुकमरीको अवधिमा यत्ती महंगो भाडा तिरेर धर फर्किनु भन्दा बरु नेपालबाट पैसा यत्तै झिकाउँदा फाईदा होला ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार