राज्यले नै जनताको जीवनरक्षा गर्नुपर्छ : प्रदेश सांसद जिसी

बुटवल, जेष्ठ ३२ गते । प्रदेश सरकारले कोरोना संक्रमितको उपचारलाई स्वयम् जनताको जिम्मा दिएर आफु पन्छिन् खोजेको बताउनु भएको छ । प्रदेश ५ को छैटौं अधिवेशनको नवौं बैठकको सून्य समयमा बोल्दै राजमो प्रदेश सांसद तारा जिसीले सो धारणा व्यक्त गर्नुभएको हो । “प्रदेशले आफ्नो सबै श्रोत र साधन लगाएर भएपनि जनताको जीवनरक्षा राज्यले नै गर्नु पर्दछ ।” जिसीले भन्नु भयो– “पिसीआर टेष्टको रिपोेर्ट छिटो छरितो र ब्यापक गराउन सम्बन्धित निकायको ध्यान जानु पर्दछ ।”

आफ्नो भनाईको सुरुवात गर्दै प्रदेश जिसीले संविधान संसोधन गरि सदियौं देखि अतिक्रमित भूमि नेपालको नक्सा र निशानछापमा सर्वसम्मत रुपले सामेल गरिएकोमा सरकार र सहभागी सबै राजनैतिक दल एवं लामो समयदेखि संघर्षरत नेपाली राष्ट्रप्रेमी जनतालाई आफ्नो पार्टीको तर्फबाट धन्यवाद प्रकट गर्नुभएको थियो ।

“सरकारको पटकपटक देखिने गलत कार्यशैलीले नै टोलटोलमा भ्रष्टाचार मौलाएको हो ।” सत्तासित राजनीति पार्टीहरुको गतिविधि र उनीहरुद्वारा संरक्षित भ्रष्टाचारीहरुको प्रसंग उठाउँदै– “विधिको र भष्टाचार मुक्त शासन सहित देश र जनताप्रति उत्तरदायी बन्ने गरि कार्य गर्न यो सरकारलाई कसैले रोकेको छैन ।”

गणतन्त्र माथी भैरहेको राजावादी र प्रतिक्रियावादी हमला निन्दनिय भएको जिकिर गर्दै जिसीले– सरकार देश र जनताप्रति उत्तरदायी हुने हो भने गणतन्त्रका बिरोधीहरु स्वत समाप्त भएर जाने ठोकुवा समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार