साइप्रसमा नेपाली एकता समाजको निब राखियो

साइप्रस । विभिन्न उदेश्यले साइप्रस पुगेका प्रगतिशिल श्रमजिवी नेपालीहरु बीच साइप्रस नेपाली एकता समाज गठनको निब राखिएको छ । १३ जुनका दिन अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार देवेन थापा र त्यहाँ रहेका विभिन्न प्रगतिशिल व्यक्तित्वहरुको पहलमा अनलाइन भेला सम्पन्न गरि एकता समाज गठनको मार्ग प्रसस्त गरिएको हो ।
भेलामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिवालय सदस्य ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै सल्लाहकार धनवीर पुन मगरकोले पनि अतिथि आसन ग्रहण गर्नुभएको थियो ।
खनालले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिंदै विश्वका विभिन्न देशहरु आ–आफ्ना औद्योगिक प्रोडक्टहरु विश्वका कुना कुनामा पुर्याएर नामी र सम्पन्न बनिरहेको परिवेशमा हामी श्रमिक सप्लाई गर्ने देशेको रुपमा चिनिनु पर्दा अत्यन्तै दुःख र कष्ट हुने गरेको बताउनु भयो । “तर सत्य यहि हो । यसो हुनुमा हाम्रो देशको राज्यव्यवस्था नै प्रमुख दोषी छ ।” खनालले भन्नु भयो– “जबसम्म देशमा श्रमजिवी वर्गको राज्य व्यवस्था आउँदैन, त्यतिवेलासम्म हामी नेपाली श्रमजिवीहरुको जीवन नै संघर्षपूर्ण छ ।”
“देशमा कम्सिकम ज्यालामा काम पाउने बाताबरण पनि राज्यले श्रृजना नगर्दिंदा लाखौं युवा शक्ति विदेश पलायन हुनुपर्ने बाध्यात्मक अवस्था छ ।” खनालले भन्नु भयो– “अहिले कैयौं युवाहरु विश्वका विभिन्न मुलुकहरुमा अलपत्र अवस्थामा छन्, उनीहरुलाई उद्धार गर्ने सवालमा समेत राज्य आफै अलमलमा परेको छ ।”
ढिलै भए पनि सरकारले विदेशमा रोजगार विहिन भई अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने पहल गरेकोमा स्वागत गर्नु पर्ने पनि बताउनु भयो । “तर विभिन्न देशहरुबाट नेपाली नागरिकहरुलाई उद्धारको नाममा स्वयं सरकारले नै असिमित भाडा तय गरेर अघोषित रुपमा लुटने कोशिस गरेको छ ।” खनालले भन्नु भयो ।
विन्दु खड्काद्वारा कार्यक्रमको अध्यक्षता र देवेन थापाको सञ्चालनबाट कार्यक्रम अगाडि बढेको  थियो । कार्यक्रममा सहभागिहरुलाई मन्जु लिम्बुले स्वागत गर्नुभएको थियो । भेलालाई धनवीर पुन मगरले शुभकामना मन्तव्य दिनुभएको थियो ।
भेलाले देवेन थापाको संयोजकत्वमा २७ सदस्यीय साइप्रस नेपाली एकता समाजको प्रथम भेला आयोजक समिति गठन गरेको छ । जसमाः मन्जु लिम्बु (मोरङ), सम्पदा कार्की (उदयपुर), विन्दु खड्का (बांके), नबराज खत्री (प्यूठान), राज बहादुर चौधरी (बर्दिया), इश्वर घर्ति (दाङ), खिमान थापा (दाङ), चन्द्र ओली (दाङ), अनिल कुँवर (अर्घाखाँची), शालिकराम घर्ति मगर (दाङ), सरिता सेन ठकुरी (रुपन्देही), मनोज पन्त (रुपन्देही), टंक बहादुर पुन (प्यूठान), दिल मगर (गुल्मी), पूर्णीमा तमाङ (कास्की), तारा मास्कील (सिन्धुपालचोक), ल्होमे नानु गुरुङ (स्याङजा), कृष्णा राई (धरान), कामना शाह (अर्घाखाँची), विनोद केसी (दाङ), सुनिल विक (रोल्पा), यमी मगर (रुपन्देही), रिता क्षेत्री (बाग्लुङ), जिवराज पोखरेल (दाङ), महेन्द्र सुनार (प्यूठान) र विष्णु पुन (रुपन्देही) रहनु भएको छ ।
संयोजक देवेन थापाले दिनुभएको जानकारी अनुसार साइप्रस नेपाली एकता समाजको प्रथम भेला छिट्टै सम्पन्न पारिने छ । सोही भेलामा नयाँ पदाधिकारीहरु चयन गरिने र विभिन्न जिम्माको बाँडफाँड समेत हुने थापाले बताउनु भयो । भेला भन्दा पहिला आयोजक समितिले घोषणा पत्र तथा विधान, झण्डा, सदस्यता प्रमाण पत्र लगायतका कार्यहरु सम्पन्न पार्नका लागि आपसी सहकार्य चलिरहेको समेत संयोजक थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार