नेपालको सवलिकरणका लागि होइन एमसीसी : जलश्रोत विद दिपक ज्ञावली

नयाँ दिल्ली । एमसीसी भित्र नेपालको विजली भारत लैजाने भन्ने मुल मक्सद छ, त्यो आर्थिक हिसावले पनि गलत भएको जलश्रोत विद दिपक ज्ञावलीले बताउनु भएको छ । ज्ञावलीले सो अभिव्यक्ति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा बुधबार सम्पन्न “एमसीसी र राष्ट्रियताको प्रश्न” विषायक अन्तरक्रिया कार्यक्रममा मन्तव्यका क्रममा दिनुभएको हो ।

“अमेरिकासँग नेपालले काम गरेको पनि ७० वर्ष भैसकेको छ । मोहन शमशेरको पालामा नै ४ वर्षीय योजना भनेर आएको थियो, त्यस वेलादेखि युएसआइडी लगायत विभिन्न नामहरु परिवर्तन गर्दै अमेरिकाले नेपालमा आफ्नो गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।” जलश्रोत विद दिपक ज्ञावलीले अगाडि भन्नु भयो– “त्यसले विजुलीको लाइन काठमाडौंमा पनि बनाएको छ, सन ६० को दशकमा । हामीले अमेरिकासँग काम नगरेको होइन गरेका हौं । तर अमेरिकाले नेपाललाई दिने साहेता युएस आइडी वा विश्व बैंक विभिन्न माध्यमबाट दिने गर्दथ्यो । अहिले एमसीसी अमेरिका कै विश्व बैंक र युएसआइडीमाथि सौता हालेको हो ।” पुराना संरचनाबाट नयाँ रणनीतिक चालहरु चल्नलाई नमिलेकै कारण यो एमसीसी ल्याएको ज्ञावलीको भनाई थियो ।

“युएसआइडी र विश्व बैंकको मार्फत जाँदा खेरी धेरै पारदर्शी हुनु पर्ने भएकाले नै अमेरिकाले एमसीसी बनाएको हो ।” ज्ञावलीले अगाडि थप्नु भयो– “अमेरिकाले इन्डो प्यासिफिक वा एमसीसी मार्फत लागु गराउनु खोजको पहिलो पक्ष, रुसमा सोभियत संघको विघटन पछि व्यालेन्स अफ पावर अमेरिकाको फेवरमा छ, त्यसैलाई आफ्नै हितमा रहिरहोस् भनेर नै हो ।” दोश्रो, यस्तो अन्तर्राष्ट्रिय समरचना बनाउने जसमा अमेरिकाको व्यापार तथा अर्थतन्त्रलाई सहयोग होस् भन्ने उदेश्यले नै यो एमसीसी तथा इन्डो प्यासिफि रणनीतिको निर्माण गरिएको तर नेपालको सवलिकरणको लागि नभएको ज्ञावलीको थप भनाई थियो ।

“यो सम्झौतामा १२–१४ वटा गोप्य सम्झौता छन्, ति गोप्य सम्झौता नेपालका पूर्व प्रधानमन्त्रीले समेत हेर्न नपाउने भने पछि कस्तो होला ? तपाई हामी जस्ता सर्वसाधारण नागरिकले कहिले हेर्न पाउने ? खतरनाक कुरा यहाँ छ ।” ज्ञावलीले अगाडि भन्नु भयो– “अमेरिकन वकिलहरुलाई साथमा राखेर हामी अमेरिकामा पढेकाले मात्रै बुझ्न सक्ने त्यो सम्झौता, अहिलेका साधारण सांसदहरुले के बुझेर पास गर्ने भनेका होलान्, कृपया मलाई यो बुझाई दिनु होला ।”

उसका व्यापारी, उसका ठेकेदार, उसका कन्सल्टेन्ट यी सबैले काम पाउन र उनले भनेका कुराहरु अरु देशबाट पुरा होस् भनेर नै एमसीसी बनाइएको ज्ञावलीले जिकिर गर्नु भयो । ज्ञावलीले एमसीसी कुनै पनि हालतमा नेपाल र नेपालीको पक्षमा नभएको समेत जोड दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार