नेतृत्व कुशल हुनु पर्छ

एउटा घरको सदस्य देशको सञ्चालक हुन सक्छ ।
घर परिवारमा मुलिको मुख्य रोल हुन सक्छ ।।

सदस्य परिवारका सहि बाटोमा हिडाउने रोल हुन सक्छ ।
बस्न नसके अनुशासनमा अराजक हुल हुन सक्छ ।।

राम्रो समाजसेवि समाज बिकासको मुल हुन सक्छ ।
न्याय र अन्याय छुट्टाउने उसको ख्याल हुन सक्छ ।।

क्षेत्रीयता, जाति र धर्मको राजनीति घिणित हुनसक्छ ।
समाजमा घुल्नेको बिजय सधै निश्चित हुन सक्छ ।।

चिनिको काम नुनले गर्दैन नुनको चिनिले गर्दैन ।
सबै काम लाग्ने बस्तु विशेषता यीनको मर्दैन ।।

पानीको काम बगाउने, आगोको जलाउने हुन सक्छ ।
हामी आफू बाच्न अरुलाई पनि बचाउनु पर्ने हुन्छ ।।

नाम मात्र भएर समाजवादी जनताको समस्या हल हुने छैन ।
दलाल पुँजीवादी ब्याबस्था अन्त्य, जनता नजागे सम्भब छैन ।।

त्यसैले घर, समाज र देश हाक्ने नेतृत्व कुशल हुनुपर्छ ।
उपदेश धेरै दिदै हिड्ने पनि आफ्नो कमजोरी देख्नु पर्छ ।।

झबिन्द्र खनाल
दाङ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार