मन्त्री र नेताको विलासिताका लागि जनताले किन कर तिर्ने ?

पोखरा । गण्डकी प्रदेश सांसद पियारी थापाले जनतामाथि करको बोझ थोपारेर नेता र मन्त्रीहरु विलासी बन्दै गएको बताउनुभएको छ ।

गण्डकी प्रदेशसभामा आज अर्थ सम्बन्धी विधेयकमाथि धारणा राख्दै राष्ट्रिय जनमोर्चाका सांसद थापाले संघीय प्रणाली धान्नकै लागि जनतामा अनावश्यक कर थोपरिएको भन्दै नेता, मन्त्री र पदाधिकारीको विलासीताका लागि जनतले किन कर तिर्ने भनि प्रश्न पनि गर्नुभयो ।

‘जनताले कर, करले होइन रहरले तिर्ने वातावरणको व्यवस्था हुनु पर्छ । कर तिरे पछि ति जनताले पाउने सेवा सुबिधा र दायित्व वार्फत उनीहरुको अधिकारको पनि सुनिश्चता हुनु पर्छ’ थापाले भन्नुभयो, ‘अहिले जति पनि कर उठाएको छ । त्यो करको सहि सदुपयोग भयो कि भएन? अहिले जनता करको भारिमा मन्त्री र पदाथिकारीहरु भने विलासीतामा ?’

सांसद थापाले जनताले तिरेको करको सही सदुपयोग नभएका कारण मैले कर तिर्नु पर्छ, यो मेरो दायित्व हो भन्नेतर्फ चासो घटिरहेको बताउनुभयो । उहाँले संघीय प्रणाली एकदमै बोझिलो र खर्चिलो प्रणाली भएको बताउनुभयो । संघीयता धान्नकै लागि जनताले ऋणको भारी बोक्न नसक्ने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘जहाँ हामीले खर्च ढान्नका लागि ऋण ठापिरहेका हुन्छौं, त्यसमा त झन संघीयता हाम्रो लागि अविसाब नै हो । यसको दुश्परिणामहरु सतहमा देखिँदै आएका छन् । यसलाई जुन नजर अन्दाज गरिरहेका छौं त्यो अत्यन्त दुःखत पक्ष हो । संघीय प्रणालीलाई टिकाइ राख्न करको दायरा बढाइएको, कृषकमारा र उपभोक्ता मारा कर लगाइएको छ ।’

उहाँले कृषीमा आवश्यक लगानी लगाउनुको साटो कृषकलाई नै करको भारी बोकाइ दिएपछि कसरी कृषी अर्थत्रतन्त्र बलियो बन्न सक्छ ? भनि प्रश्न पनि गर्नुभयो । कृषिमा लगाइने करको सोझो सम्बन्ध जनताको चुलोसँग जोडिने उहाँले स्पष्ट पार्नुभयो ।

कृषि जन्य उत्पादन वृद्धि गर्न, आयात प्रतिस्थापन गर्न र जनतालाई सहुलियत दिन उहाँले माग गर्नुभयो । कर तिर्ने अवधि बढाएर मात्रै समस्याको समाधान नहुनेतर्फ उहाँले सचेत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार