प्रेमि प्रेमिकाले नहरमा हामफाले

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा प्रेमिकासँगै नहरमा हाम फालेका एक युवक मृत फेला परेका छन् । युवतीको भने जिवीतै उद्धार गरिएको छ ।

प्रहरीका अनुसार नहरमा सँगै हाम फालेका युवायुवती प्रेम सम्बन्धमा रहेका थिए । भीमदत्त नगरपालिका– २ उल्टाखामका २३ वर्षीय राकेश चौधरी नेपाली सेनामा कार्यरत थिए भने प्रेमिका महुलियाकी १९ वर्षीया रेनु चौधरी अध्ययरत छिन् ।

बिदामा घर आएका राकेशको प्रेमिकासँग खटपट परेपछि शुक्रबार नहरमा सँगै हाम फालेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नहरमा प्रेमिकासँगै हाम फालेका रोकेशको २२ घण्टापछि शनिवार बिहान शव भेटिएको हो ।

प्रहरीको विपद् व्यवस्थापन र नेपाली सेनाको संयुक्त टोलीले हाम फालेको स्थानबाट केही तल युवकको शव फेला पारेको हो ।

नहरमा हाम फालेको देखेपछि भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु) सहित स्थानीयले युवतीको जिवितै उद्धार गरेका थिए ।

वडाअध्यक्ष कुँवरका अनुसार पेटमा पानी भरिएर बेहोस भएकी युवतीको १०/१५ मिनेटमा होस आएपछि उनले नै युवकले पनि आफूसँगै नहरमा युवक पनि हाम फालेको बताएकी थिइन् । तर, तयतिबेलासम्म ढिला भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार