खगेश्वर शर्मा दाहसंस्कार पछि श्रद्धान्जली सभा सम्पन्न

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद एरिया समितिका सदस्य खगेस्वर शर्माको ३ जुलाई २०२० को सांझ दुःखद निधन भएको छ । उहाँ हाल गैंडाकोट नगरपालिका १४ नवलपुर निवासी हुनुहुन्छ । वहाँ बाग्लुङ जैमुनी नगरपालिका ९, मूलाबारीबाट बसाई सराइ गरि आउनु भएको हो ।

खगेश्वर बाबा धनपती शर्मा र आमा रेवती देविका तीन दाजुभाई मध्य कान्छा सन्तान हुनुन्थ्यो । उहाँ मूल प्रवाहमा हैदराबादमा संगठित हुनु पुर्ब नै सन १९८३ देखि नै शोषित पीडित मजदुरका बारेमा रचना गरेका प्रगतिशील गितहरु गाउने र सुनाउने गर्नु हुन्थ्यो ।

उहाँ लामो समयदेखि डाइबेटिजको बिरामी हुनुन्थ्यो । त्यसका साथै उहाँको मुटुको सर्जरी पनि भएको थियो । यसैबीच फेरि उहाँको किड्नी सम्बन्धि पनि समस्या रहेको थियो । ती सबै बिमारको उपचार चल्दै आइरहेको थियो । उहाँको शुक्रबार सांझ ८:०० बजेको समयमा हृदयघातको कारण निधन हुन पुगेको वहाँको परिवारिक श्रोतले जनाएको छ । उहाँ ५९ बर्षको हुनुहुन्थ्यो । खगेश्वर शर्माको निधनले सिङ्गो संगठनलाई अपुर्णिय क्षती पुगेको छ । वहाँले श्रीमती, २ छोरी, छोरा बुहारी र नाति र नातिनी हामी बीच छाडेर जानुभएको छ ।

वहाँको ४ जुलाई २०२० का दिन मृतक खगेश्वर शर्माको दाहसंस्कार पछि श्रद्धाञ्जली सभा सम्पन्न पारिएको छ । जीबनाथ शर्माको सञ्चालन, तेजेन्द्र प्रसाद पौडेलको अध्यक्षबाट सुरु गरिएको श्रद्धन्जली सभामा मूल प्रवाहका केन्द्रीय सचिब प्रेम पौडेल, केन्द्रीय सदस्य रामप्रसाद आचार्य, क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, महिला क्षेत्रीय बिभाग कि माया थापा, नेपाली एकता समाज, भारतका केन्द्रीय अध्यक्ष आनन्द थापा, एकता मञ्चका राज्य सचिव कमल राउतले श्रद्धान्जली मन्तब्य राख्नुभएको थियो ।

वक्ताहरुले मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारणाको कामना प्रकट गर्नुभएको गरेका थिए ।

यस दुःखद घडिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण भारत क्षेत्रीय समिति मृतक खगेश्वर शर्माप्रति भावपूर्ण श्रद्धान्जली प्रकट गर्नुका साथै शोकाकूल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार