कथा : परिणाम

सुरेशकुमार पाण्डे

यो पिउँने चिज होइन यसलाई पिउँनै हुँदैन यसले नोक्शान गर्छ, भन्दै भोलारामले आफ्ना छोरा छोरीलाई सम्झौउँ छन् । उनको हातमा रक्सिको गिलास र एउटा बोतल नजिकैको टेबुलमा राखिएको थियो । साँझपरेको बेलामा पुतलीले भित्र भांशा पकाउँन थालेकि थिइन् । भोलारामका पाँच भाई बैना मध्य दुई भाई र तिन बैनीहरु थिए । उनीहरुले चारै तिरबाट आफ्नो बाबालाई घेरेका थिए । पुतलिले आफ्नो लोग्नेलाई थोरै चटनी बनाएर लग्दिन् ।
बाबु यो सिक्रेट सल्काएर ल्याउ बा ! भन्दै एउटा चुरोट निकालेर छोरालाई दिन्छन् । छोरोले नबोली सिक्रेट सल्काएर ल्याउँदै गर्दा, दुई सर्को सिक्रेट भित्र लुक्या झैँ गरेर पुतलिले पनि स्वाँठ्ठै तान्छिन् र छोरालाई दिन्छिन् । छोराले बाहिर दलानमा बसेर रक्सि पिउँन थालेको आफ्नो बाबालाई दिन्छ ।

छोरीले टुक्कि बालेर बाहिर दलानमा ल्याई दिन्छिन् । पुतलि र भोलारामका पाँच भाबिना मध्य तिन वटी छोरी र एउटा छोरा स्कुलमा पढ्छन् । एउटीले दशमा, अर्किले नौमा, तेस्रो छोरीले आठमा, छोराले पाँच कक्षामा अध्ययन गर्दै आएका छन् । अर्को छोरा भने काखमा छ, भर्खर दुई बर्षको ।

बाँकि छोरा छोरीले अब लगभग सबै बुझ्ने भैसकेका छन् । भोलाराम पनि बिदेशमा बसेर आएका राम्रै पैसा कमाएका पक्कि घर हालेका राम्रै ब्यबस्था भएको ब्यक्ति हुन् । उनले सधैंभरि जब आफुले मदिरा सेवन गर्न थाल्दथे, बच्चाहरुलाई आफ्नो निजिक बोलाएर शिक्षा दिन थाल्दथे । उनका छोरीहरु अलि लजालु थिए । साहेद लगातार बर्षौंदे जन्मेका छोरीहरु भएर होला । खासै स्यार सुसार नभएको जस्तै देखिन्थे । दुब्ला र पातला थिए भने छोरा अलि फुर्तिलो र निडर चञ्चल स्वाभावको थियो ।

बाबाले सम्झाएर बाहिर के निस्किए उनले स्ट्रेमा राखेको चुरटलाई एक सप्पका स्वाठ्ठै तान्छ । दिदीहरुले उसको मुखमा हेरेर खितिति हास्छन् तर ठुलि छोरीले हप्काउँछिन् र सबै चुप्प लाग्छन् ।

भोला धङ्गधङ्गँ गर्दै भित्र फर्किन्छ, एक प्रकारले सबै शान्त बसेको देख्छ । छोरा छोरीले बाबाको आँखा तिर हेर्छन् । उसलाई मदिरा चडेको थियो । बाबाका राता आँखा देखेर सबै खासखास खुस्खुस गर्दै आपसमा केहि भन्दै थिए । भित्र भान्सा पनि पुतलिले तैयार पारिसकेकि थिइन् । भोला खाटमा बसेको थियो तर उसलाई खासै होस् थिएन । “पुत..पुतली मलाई भोक कत्ति छैन, तिमिहरुले खाना खाए” भन्दै उ त्यो खाटमा भुर्लुङ्गै पल्टिन्छ । उसको जिब्रो लागेको थिएन । ठुलि छोरीले उसको टाउका मुनी सिरानी राख्छिन् । उनी लगभग पन्ध्र बर्षकी भैसकेकी छिन् । उनमा राम्रा गुणहरु पनि थिए । उनलाई आफ्नो बाबाको कुरा र ब्यबहार मन पर्दैन थ्यो, तर के गर्ने आमा पनि उस्तै उस्तै थिइन् ।

आमा बाबा दुबैले छोराहरुलाई अन्धो मायाँ गर्थे छोरीहरुलाई भने खासै वास्ता गर्दैनथे । छोरीहरु सरकारी स्कुल मै पढाई गर्थे भने छोरालाई उनले बोर्डिङ स्कुलमा भर्ना गरेका थिए । यो एकप्रकारले छोरा र छोरीमा गरेको बिभेद ठान्थिन तर “बोले पछि आमाले पनि भो नबोल, फोथी बास्ने चलन छैन यहाँ” भनेर हप्काउँ थिन ।

त्यसैले पनि ठुलि छोरीलाई आमा बाको बानी ब्यबहार देख्दा देख्दै पनि बिरोध गर्ने हिम्मत हुँदैनथ्यो । छोराले गरेका सबै जसो गलतिहरुलाई दुबैले नजरअन्दाज गर्थे । ठुलीलाई आफ्नो भाई बिग्रिन्छ कि भन्ने डर थियो ।

सबैले भित्र खाना खान तिर ब्यबस्त थिए । दलानमा एउटा खाटको माथि भोलाराम निदायो । टुक्कि बालेर पढ्न थालेको त्यो केटाले टेबुलमा भएको बोतलको ढक्कन खोलेर बिस्तारै थोरै रक्सि चाखी हाल्छ, अनि उस्तै ढक्कन लगाएर राख्छ । यो आर्कि माईली चाहिनिले देखेकि थिई ।

उसले आफ्नो दिदिलाई यसबारेमा अबगत गराई दिन्छे । भान्सा गर्दागर्दै उठेर बाहिरबाट बत्ति ल्याउँने निहुँमा दलानमा आएर त्यो बोतेल उठाएर भित्र लगेर आमालाई राख्दिन भन्छिन् । उनले त्यसो नगरेको भए त्यो केटाले अरु रक्सि धोक्थ्यो ।

भान्सा गरेर सबै सुत्छन् । भोलि पल्ट फेरी छोरालाई भोलारामले सिक्रेट लिन दोकानमा पठाउँछ । यसरी दिन बित्तदै गए, छोरा पनि अलि छिप्पिँदै गयो तर पढाईमा कत्ति मन लगाउँदैन थियो । जनतन पास हुन्थ्यो । ठुलि छोरी पढाईमा पनि अब्बल थिई, उस्तै घरको काममा पनि आमाको हात बटाई दिन्थिन् । दिनहरु बित्दै गए तर बाबाको बानी कहिल्यई सुध्रिएन । उनी रक्सि पिउँने गाँजा पिउँने जे पनि नसा गर्थे नसामा सधैं बच्चाहरुलाई नसिहत सुनाउँथे ।

“छोरा रक्सि कहिल्यई नपिउँनु, चुरोट पनि नपिउँनु” भन्दै एउटा हातमा गिलास र मुखबाट सिक्रेटको धुँवा सुस्तसुस्त फाल्थे, “अनि बुझ्यो ? छोरीहरु छोरा मान्छेको बिचमा नजानु, नबोल्नु” भन्दै सम्झाउँथ्यो । बिस्तारै छोरालाई आफ्नो बाबा जस्तै सबै नसाहरु लाग्न थालेका थिए । कसैले उसको बिरुद्धमा बोल्न पाउँदैनथ्यो ।

उ जब दश कक्षामा अध्ययन गर्न थालेको थियो, त्यति बेलासम्म उसलाई तास, रक्सि र यस्तै अन्य अलकोहलको नशा लागिसकेको थियो । दशमा कयौँपल्ट फेल भयो र एकपल्ट त अध्यापक समेतलाई अहिले म फेल भएँ भने..भन्दै औँला देखायो ! उनले घर खबर गरेपछि बाबाले स्कुल प्रिंसिपलसँग माफि पनि माग्नु पर्यो ।

एकदिन जब बाबा कतै गएको फर्केर घर आईपुग्यो त्यहाँको नजारा देखेर उसको स्वास तलको तलै र माथिको माथि नै रह्यो ।

आज सदै आफै चलाउँने क्लास छोराले चलाउँदै थियो ।

(यो कथा काल्पनिक हो, योसँग कसैको नाम वा निजि जीवनसँग मेल खाएमा संजोग नै हुँनेछ । त्यसबाट हुने कुनै पनि कष्टप्रति क्षामा पार्थि छु । साथै लेखकले धूर्मपान, मदिरा वा कुनै पनि मादक पदार्थको प्रयोग गर्दैन र अरुलाई पनि प्रयोग नगर्न अनुरोध र जन हितमा अपिल गर्दछ ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार