कोट्टयाम । मुल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले आयोजना गरेको नगर अन्तर्गत पर्ने टोल एरियाहरु बीचको अनलाइन भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नगर अध्यक्ष धर्मराज शर्माको सञ्चालन तथा अध्यक्षताबाट अगाडि बढेको कार्यक्रममा प्रमुख अथिति मुल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका का.बा. महासचिब ठाकुर खनाल लगायत केस सल्लाहकार चोबनाथ शर्मा, मूल प्रवाह अभानेएस कोट्टयाम नगर समिति महिला बिभाग कि अध्यक्ष खिर मायाँ थापा, त्यसै गरि नस कोषाध्यक्ष तथा रक्तिम बिभागका ईन्चार्ज टिकाराम सुवेदी लगायतको आतित्थ्यता रहेको थियो ।
अखिल भारत नेपाली बिद्यार्थी संघ क्षेस सदस्य तथा नगर सचिब उषा शर्माको अतिथि आसन ग्रहण पछि ज्ञात अज्ञात सहितहरुप्रति एक मिनट हात उठाएर मौनधारण पश्चात उपस्थित जनसमुदायहरुलाई मूल प्रवाह अभानेएस कोट्टयाम नस तथा महिला बिभाग सदस्य धनकुमारी केसीको स्वागत मन्तब्यबाट अगाडि बढेको अनलाईन भेटघाट कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह अभानेएस केस का.वा. महासचिव ठाकुर खनालले बर्तमान अबस्थाबारे समसामयीक बिषयहरुलाई समेटेर उपस्थित जनमानसहरुमा स्पष्ट पार्नु भएको थियो । अन्य सबै अतिथिगणहरुले पनि कतिपय समसामहिक बिषयहरुमा प्रष्टाउँदै अनलाईन भेटघाट कार्यक्रम समापन भएको थियो ।















