सुरेशकुमार पाण्डे
आज आदिकवि भानुभक्तको जयन्ती भएकोले दुई चार शब्द उनको नाममा लेख्ने मन लाग्यो ।
नेपाली भाषाका प्रथम कवि भानुभक्तको बारेमा थोरै भए पनि चर्चा गर्दा असान्दर्भिक नहोला । भानुभक्त बि.स. १८७१ मा हाल तनहुँ जिल्लाको चुँदीरम्घा भन्ने ठाउँमा २९ अषाढमा एउटा हुनेखाने परिवारमा जन्मेका थिए । उनी ब्राहम्ण परिवारमा जन्मेकाले धार्मिक, साँस्कृतिक अनुशासनमा शिक्षा दिक्षा पालन पोषण भयो ।
आज हामीले जुन भाषालाई नेपाली भाषा भन्छौँ, त्यो भाषालाई उतिबेला खस भाषा भन्ने चलन थियो । भनिन्छ बिस्तारै १५औँ शताब्दि तिर खस राजाहरुको पराजए भएपछि भाषा पनि ओझेलमा पर्दै गयो ।
नेपाली भाषाका सम्भावित प्रथम कवि भावनाको मर्मलाई नेपाली भाषा शब्दको मानचित्रमा अभिब्यक्त गरेका हुन् । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ । उति बेला कविताहरु साँस्कृत भाषामा हुनेगर्थे । भानुभक्त यस्ता मान्छे थिए उनले बोलि चाली गाउँने नाच्ने सबै जसो कविताको माध्यामबाट गर्दथे । भानुभक्त धनञ्जय आचार्या र धर्मावती देबीको सन्तानको रुपमा जम्मेका हुन् । उनलाई शिक्षा उनैका हजुर बा श्रीकृष्ण आचार्याले दिएका थिए ।
उनले एक पटक हिंड्ने बटुवाले उनको परिचय माग्दा उत्तर निम्ननुसार दिएका छन् ।
“पहाडको अति बेस, देश तनहूँमा श्रीकृष्णा ब्राहम्ण थिया ।
खुप उच्च कुल आर्यबंशी हुन गै सत्कर्ममा मान्दिया,
बिद्यामा पनि जो धुरन्धर भए शिक्षा मलाई दिया ।
ईनको नाति म भानुभक्त भनी हुँ यो जानी चिनी लिया ।”
भनिन्छ उनले एउटा घाँसीसँग शिक्षा लिएर नाम कमाउँने प्रेणा पाएका थिए । घाँसीले घाँस काटेर एउटा पाटी पौवा बनाएर पनि नाम कमाउँन थालेको देखेपछि उनलाई त्यहाँबाट केहि नकेही गर्ने शिक्षा मिलेको थियो ।
उनले आफ्नो त्यो प्रेणाको श्रोतलाई कवितामा यसरी ब्याख्या गरेका छन् ।
“भर जनम घाँस तिर मन दिई धन कमायो,
नाम क्या रहोस् पछि भनेर कुवा खनायो,
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भैकन किन यस्तो ।
मेरा ईनार न त सत्तल पाटीकै छन््,
जे धन चिजहरु छन् घर भित्रनै छन्,
त्यस घाँसीले कसरी आज दिएछ अर्ती,
धिक्कार हो म कन बस्नु नराखी किर्ती ।”
एउटा घाँसीबाट शिक्षा लिएर उनले अनेकौँ किर्तीहरु रचे जस्मा रामायण पनि सामेल छ । नेपाली भाषाको कविताको जन्म भाषाको शंरक्षाण र बिकाशमा आदिकवि भानुभक्तको ऐतिहासिक योगदान छ । उस्तै मोतिराम भट्टले उनैबाट प्रेणालिएर अनेकौं कृतिहरु १९४१ ताका भानुभक्तका बारेमा लेखेका छन् । उस्तै युवा कवि मोतीराम भट्टको कवितामा गजलमा ठुलो योगदान रहेको उनको जीवनीबाट जानकारी हुन्छ ।
आज देशमा बिदेशी खास गरिकन पश्चिमी भेषभुषाहरु र छाडा साँस्कृतीको खिचलो भित्रिएको बेला भानुभक्तको बिचारबाट प्रेणा मिल्न सक्छ । हाम्रो नेपाली भाषाको शंरक्षण र बिकाश गर्नका लागि युवा जगतलाई भानुभक्त, मोतीराम भट्ट लगायतका कवि साहित्यकारहरुबाट प्रेणा मिल्नेछ । भानुभक्तको विस. १९२५ असौजको ६ गते तनहु मै मृत्यु भएको थियो ।
आज भानु जयन्तीको उपलक्ष्यमा उहाँको शंझनामा हार्दिक श्रद्धाशुमनका लागि मात्र दुई शब्द ।
१३ जुलाई २०२०















