
सुरेशकुमार पाण्डे
बिराट र विद्या बर्तमान समाजलाई परिवर्तन गर्ने बिडा उठाएको जोडि मध्यका हुन् । विद्यार्थी आन्दोलनमा होमिएका प्रगतिशिल र क्रान्तिकारी बिचार बोकेका ब्यक्तित्व हुन् । विद्यार्थी आन्दोलनमा लागेपछि सकेसम्म आफ्नै बिचारधाराको जीवनसाथी खोजे कि विद्यालाई उस्तै बिचारको जीवनसाथीको रुपमा बिराट पाए पछि विद्या हर्षित थिइन् ।
आजको समाजमा यस्ता केटा पाउन गारै हुन्छ भन्ठानेर बिहेको लागि राजी भइन् । सबैका बा, आमा, छोरा, छोरीको भविष्यप्रति चिन्तितनै हुन्छन्, बिराटलाई छोरी दिए पछि विद्याका आमा र बाबा पनि ढुक्कै थिए । उनीहरु बिचको प्रेम सम्बन्ध पनि राम्रै हुँदै गएको थियो । समय बित्दै गयो विद्या र बिराटका एउटा सन्तान पनि जन्मियो तर केहि बर्ष पछि यो जोडिको पहिलेको जस्तो सम्बन्ध रहेन ।
अचानक बिस्तारै बिराट घरमा अलि राती अबेरासम्म नआउँने कहिले रातीमा आउँदै नआउँने पनि गर्न थाल्यो । विद्याले आफ्नो लोग्ने सामाज सेबक भएकोमा गौरव गर्थिन् र कहिले कहिं अबेर कामका ब्यस्थताले हुन् सक्ने कुरालाई उनले स्वीकारथिन्, खासै निधिखुदी गर्ने गर्दैन थिन् ।
यद्यपी दुबैजनाले एउटै काम समाज सेवाको विडा उठाएका थिए तर पनि विद्या कहिले एकआद घण्टा ढिलो आईन् भने बिराटले बढी सोधपुच्छ गथ्र्यो तर विद्याभने खासै सोधपुच्छ गर्दैन थिन् । आजको यो पुँजिवादी समाजको केहि प्रभाव त हुन्छनै । माहोल पनि त उस्तै खराब छ, महिलाहरुको लागि आफु जति सुकै प्रगतिशिल भए पनि खतरा त छ नै । दिनहुँ बलत्कार र हिंसामा परेका समाचारहरु सर्वत्र आउँछन् । त्यही चिन्ताले बिराटले सोधपुछ गथ्र्यो होला भन्नेठानेर विद्यालाई बिराटले सोधपुच्छ गर्दा अस्वभाविक लाग्दैन्थ्यो तर बिराट भने कहिले राती अवेरासम्म नआउँने कहिले रातीमा आउँदै नआउँने ब्यबहार बढ्दै गएको थियो । राती विद्याले आउँछ कि भनेर खाना पकाएर अबेरसम्म कुरेर बस्थिन् तर बिराट भने आउँदैनथ्यो । पार्यजसो दिनहुँ यस्तै हुन् थाल्यो ।
कयौँ पल्ट अरु छिमेकिले पनि बिराटको यो ब्यबहार बारे बिभिन्न तर्क बितर्क गर्थे तर पनि विद्याले अनसुनि गर्थिन् । किनकी उसलाई आफ्नो लोग्नेको अघात भरोसा थियो । कहावत छ “जँहा बिस्वास बलियो हुन्छ, त्यहाँ बाहिरको बतास झ्यास्सै प्रवेश गर्न सक्दैन ।” जो सुकैले जेसुकै भने पनि एउटा कानले सुन्ने र अर्को कानले उडाई दिने गर्थिन् उनको कान कसैले भर्न सकेका थिएनन् ।
एकदिन उनी आफै अस्वास्थ भएको बेला बिराट अलि छिटो आए औषधी गर्न लान्थ्यो कि भनेर उसैलाई कुरेर एउटा खाटमा पल्टेकी विद्यालाई जोरो पनि आएको थियो । यो अबस्थामा आफ्नो जीवन साथीको साथ सहयोग कसले अपक्षा गर्दैन ? उसलाई बिमारीको बारेमा पनि जानकारी नभएको त होईन । विद्याले उसको बारेमा सोंचेर खाटमा पल्टेकि थिईन् । मोवाईलको रिङटोग बज्छ ! बल्ल बल्ल उठेर मोवाईल हेर्दा बिराटले गरेको फोन रहेछ । “हजुर ! हैलो तँ फटाफट मिलन चौकमा आईज त !” भन्दै बिराटले आदेश गर्छ । अरु कुनै हालचाल सोधपुच्छ हुँदैन ।
“किन होर ?” विद्याले सोधेको उत्तरमा छिट्टै आईज यहिं पत्ता लाग्छ भन्छ । कुराको बिटमार्दै फोन काट्दिन्छ । विद्या हतार हतार आफुलाई सञ्चो नभए पनि मिलन चौक पुग्छिन् ।
चौकको नजिकै पुलिस बुथमा पिसिआरको जिप उभिएको हुन्छ । त्यहाँको दृष्यले उसलाई सशंकित तुल्लायो । त्यो ठाउँमा उसको लोग्नेसँगै एउटा केटीलाई पुलिसले आफ्नो जिपमा राखेको थियो । उनीहरुलाई कताकति चोट पनि लागेको थियो । विद्यालाई भित्र जान दिंदैनन् र पुलिसहरुले बाहिर बोलाएर एकान्तमा बेली बिस्तारसँग जे विद्यालाई सुनाए । त्यो सुनेपछि विद्याको तलको स्वास तल र माथिको स्वास माथि रह्यो ।
उनलाई आफ्नो पैताला मुनिको धर्ती खस्किदै गएको भान हुन्छ । उनलाई रिंगटा लाग्छ र बेहोस भएको जस्तो हुन्छ । प्रहरीले आफ्नो गस्तको समयमा उनीहरु दुबैजनालाई अश्लिल र आपत्तिजनक अबस्थामा देखेपछि उनीहरु भाग्न थालेकोले प्रहरीले छोप्दा युविती लडेर चोट लागेको भन्छन् ।
“यो झुठ हो, बिराटले यस्तो गर्नै सक्दैन” भन्दै आफ्नो लोग्नेको जोड्दार पक्ष लिन्छिन् । जमानत दिएर बिराटलाई मुक्त गराउँछिन् तर बिराटको ब्यबहार आर्कै हुन्छ । उसमा सुधार हुन्ुको साटो झनै विद्याप्रतीको गैर जिम्मेदाराना ब्यबहार बढ्दै जान्छ ।
आज विद्याले कहिले सपनामा पनि नसोंचेको कुराको पुष्टी हुँदा हृदयमा अघात पिडा भयको हुन्छ, मन अत्यान्तै खिन्न हुन्छ । उसले सबै पुरुषहरु एकैनासे हुँदा रैच्छन् भन्दै मनैमन सोंच्छिन् । आँखाबाट बलिन्द्राधारा आँशु बग्छन् । जति सुकै क्रान्तिकारी धाग लगाए पनि, ठुलाठूला दन्ते कथाहरुले अखबार रङ्गाए पनि, आदर्शका गफ जति हाँके पनि आजको पुरुषप्रधान समाजमा महिलाहरुलाई गरिने व्यवहार एकप्रकारको दासीलाई जस्तै हुँदो रैच्छ भन्दै मनैमनमा गन्थन गर्छिन् ।
आखिर बिराटलाई यस्तो आवारा किसिमको मान्छे होला भन्ने त कहिले कलपना पनि गर्न सकिन भन्दै आँखाबाट आँशुको धारा खसाल्छिन् । अब केनै हुन सक्छ जिन्दगी कसरी गुजार्ने होला उनको मनमा बिभिन्न खाले बिचार पलाउँ छन् । यहि बेला त्यो सानो बच्चाले आँमाको काखमा टाउको राखेर आमा तिर हेर्दै उसका आँखाबाट खसेको आँसुको कथालाई पढ्ने प्रयत्न गर्दै थियो । आखिर विद्या अब कोसँग लड्ने ? उसको मुख्य दुश्मन को ? अब कस्को बिरुद्धमा चिच्चाएर आफ्नो दुष्ट किटानी गर्ने भन्ने अनुत्तर भएर मुर्छा परेकी एउटी अबला नारीको मर्म कसले बुझ्ने ? खै यो पुरुषप्रधान समाज बिडम्बना युक्त छ ।
(यो कथा सम्पूर्ण रुपमा काल्पनिक हो । कसैको नाम र जीवनसँग मेलखान गएमा मात्र सञ्जोग हुनेछ– लेखक ।)
















