रबि पौडेल
अहिले विश्वभरि कोरोना भाईरस (कोभिड –१९)ले सताईरहेको छ । विश्वमा कहाँ र कसरी भन्ने अबस्था छैन । यो भाईरस सजिलोसँग फैलिंदै गईरहेको छ । अहिले करोडौं मानिसहरु संक्रमित भएका छन् । दिनप्रति दिन यो संख्या बढ्दै पनि गईरहेको छ । मृत्युु हुनेहको संख्या पनि लाखौंलाख पुगिसकेको छ । यो दर पनि अझै बढ्दै गइरहेको छ । युरोपियन मुलुकदेखि एशिया महादेशको भारतमा पनि यो संक्रमणको स्थिति लगातार बढेको छ । कहाँ, कहिले, कतिखेर र कसलाई ? के हुने हो ठ्याक्कै भन्ने स्थिति छैन । कोरोना काल बनेर हाम्रै वरिपरि घुमिरहेको जो कोही पनि त्रसित छन् ।
तत्थ्यांक अनुसार १४ जुलाई २०२० को बिवरण अनुसार विश्वभरि संक्रमित संख्या १ करोड ३२ लाख २९ हजार ७५ पुगेको छ भने विश्वभरिको मृत्यु हुनेहरुको संख्या ५ लाख ७४ हजार ९ सय ७७ पुगेको छ ।
भारतमा मात्रै सङक्रमितहरुको संख्या ९ लाख ७६ हजार ४५ पुगेको छ । यसको तुलनामा नेपालमा सङक्रमितहरुको संख्या कम छ । नेपालमा संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ । अहिलेसम्म ३९ जनाको ज्यान गएको छ ।
यस्तो अबस्थामा कोरोनाको चपेटमा विश्वको विभिन्न देशमा छरिएर आफ्नो श्रम गरिरहेका लाखौं श्रमजीवी नेपालीहरु पनि परेका छन् । विश्वका विभिन्न ६८ देशमा पुगेका नेपाली मजदुरहरु कोरोनाबाट संक्रमित छन् भने कतिपयको कोरोनाले ज्यान लिएको छ ।
यस्तो अबस्थामा सरकारले प्रवासी नेपालीहरुलाई हेर्ने दुष्टपकोण पनि सहि भएन । नेपालमा भित्रिएका प्रवासी मजदुरहरुलाई सरकारले क्वारेन्टाइनको पनि राम्रो ब्यबस्था गर्न सकेन । उपचारको दायरा फराकिलो बनाउन सकेन । क्वारेन्टाइन ब्यबस्थित नहुनुका कारण क्वारेन्टाइनबाट नै संक्रमित हुनेहरुको संख्या बढेको देखिन्छ । सरकारले सम्पुर्ण कोरोना ब्यबस्थापन सम्बन्धि ब्यबस्था अरु फराकिलो बनाउनु पर्ने थियो, त्यो हुन सकेन । चेकजाँचको दायरा भरपर्दो र व्यापक बनाउनु पर्छ पर्ने थियो त्यो पनि भएन ।
अब कुरा भारतस्थित प्रवासी नेपालीहरुको बारेमा सानो चर्चा गरौं । सन १९५० को नेपाल भारत मैत्री सन्धि अनुसार ज्याला मजदुरी गर्न आएका लाखौं नेपाली मजदुरहरु कोरोनाको चपेटमा परेका छन् । एकातिर लकडाउनको कारणले लाखौं नेपालीहरुको श्रम छुटेको छ भने अर्कोतर्फ कोरोना संक्रमित हने र ज्यान गुमाउने नेपाली मजदुरहका दुखदायी समाचारहरु लगातार प्रसारण भइरहेका छन् । अहिलेसम्म भारत भरि ६२ जना संक्रमित भएका छन् भने ७ जना नेपाली श्रमिकको दुखदायी निधन भएको छ ।
बिवरण अनुसार, भारतको बेंगलोरमा ४ जना श्रमिक नेपाली संक्रमित भएका छन् भने पाटन नगरपालिका
५ बैतडी निवासी ६८ बर्षिय बहादुरसिंह बिकको मृत्युु भएको छ ।
भारतको मुम्बईमा देवदह नगरपालिका १० रुपन्देही जीवन विकको मृत्यु भएको छ ।
भारतको दिल्लीमा २१ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
भारतको चेन्नईमा ३७ जना संक्रमित भएका छन् भने ३ जना नेपालीको मृत्यु भएको छ । मृत्युु हुनेमा काठमाडौं, पर्बत र बाग्लुङका रहेको जानकारीमा जनाइएको छ । काठमाडौं निवासी ती ५० बर्षिय महिलाले ब्युटिपार्लर चलाउँदै आए कि थिइन् । २४ जुन २०२० का दिन निधन भएको थियो । अर्का पर्वत फलेवास २ देविस्थानका ५९ बर्षिय शालिकराम भण्डारीको र बागलुङ रेसका दलबहादुरको कोरोना पोजेटिभका कारण मृत्यु भएको छ ।
छुट्टाछुट्टै ठाउँमा भएको दुःखद निधनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका जुझारु नेता तथा कार्यकर्ताहले कोरोना संक्रमतिदेखि उपचार र मृत्यु पछि दासंस्कार सम्पन्नको सम्पूर्ण काममा अभिभावकीय भुमिका निभाउनु भएको छ । जुझारु र सचेत नेतृत्व होनाहार कार्यकर्ता भएको कारणले यो काम सम्पन्न भएको हो भन्दा फरक नपर्ला ।
यसरी एकातिर रोजिरोटी गुमेको छ भने अर्काेतिर ज्यान गुमाउनु पर्ने अबस्थाले तिनका परिवारमा पर्न गएको आर्थिक मर्का कसले बुझ्ने ?
भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सुरुदेखि नै । साबधानी अपनाउन, सचेत रहन सम्पूर्ण भारत बासी नेपालीहलाई शंदेस दिंदै आइरहेको छ । साथै भारतका विभिन्न राज्यमा अप्ठ्यारोमा परेका श्रमजीवी नेपाली मजदुरहरुलाई उद्दार र सहयोग गर्दै आएको छ । लकडाउनको कारण अप्ठ्यारोमा परेका लाखौं नेपालीहरुलाई राहत बितरणदेखि नेपाल आफ्नो भुमि सम्पन्न पढाउने काम गरेको छ । भारतको विभिन्न राज्यबाट करि ३ दिखि ४ हजारको सङ्ख्यामा यो संगठनले नेपाल पढाउने काम गरेको छ । अहिले पनि हजारौं नेपाली मजदुरहरु समस्यामा छन् । मूल प्रवाहका जुझारु नेता तथा कार्यकर्ताले युद्धस्तरमा अप्ठ्यारोमा परेका नेपालीहलाई सहयोग गरिरहेका छन् । भारतमा हिजो पनि मूल प्रवाह अभिभावकीय संगठन थियो र आज पनि अभिभावकको भुमिका निभाई रहेको छ ।
अन्त्यमा कोरेना भाइरसको अन्त्य हुने सम्भावना निकै कम छ । यसले अहिलेसम्म धेरै नै मानवीय क्षति पुर्याइरहेको छ । त्यसकारण, नेपाल, भारत वा विश्वका कुनै पनि मुलुकमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीहरु सचेत र होशियार रहनु पर्ने आबश्यकता छ । कोरोनाले राम्रा र नराम्रा दुवै कुराहरु सिकाएको छ । अर्काको शरणमा काम गर्दा ब्यहोर्नुपर्ने नतिजा कति सत्य र तितो हुँदोरहेछ पुष्टि भएको छ ।अब आत्मनिर्भर बन्दै कोरोनासँग लड्दै अघि बढ्ने प्रयत्न गरौं ।
















