सुरेशकुमार पाण्डे
मणिलाई प्रवासबाट समाजले एउटा घटनाको सिलसिलामा स्वदेश पठाउँछ । मणि सक्रिय सामाजिक कार्याकर्ता भएर नै होला, समाजले दिएको जिम्मा सहर्ष स्वीकार्छ । लाहुरमा संगठन अत्यान्तै अनुशाशित मिलिटैन्स थियो । लागेको जिम्मा धेरै जसो सामाजिक ब्यक्तिले पालना गर्थे ।
त्यो बेला मणिको परिवार प्रवास मै थिए, जे जस्तो घरेलु समस्या भए पनि उसले आफ्नो समस्या नदेखाई कामको जिम्मा लिएर स्वदेशको लागि रवाना हुन्छ ।
उसले स्वादेशमा गएर एउटा घटनामा परेर मरेको युवाको घर खोज्नु थियो । ठेकानाको नाउँमा एउटा पाँच कलासको सार्टिपिकट मात्र थियो । त्यो ठाउँ खोज्नलाई स्थानीय साथिहरुसँग सम्पर्क गर्यो ।
एउटा स्कुलको सार्टिपिकटको भरमा खोज्दै त्यो गाउँमा पुग्दा उसले आफ्नो मावली कहाँ बसेर पढेको सानो छँदा तर उनीहरु पनि बसाई सरिसकेको जानकारी पायो । मणिलाई तिन दिन जति यताउता घुम्दा नै बित्यो । कुनै खुशिको कुरा भए त खोज्न पनि हर कसैले साथ दिन्छन तर दुःखको बिषयमा अलि संकोच नै गर्छन् । त्यो बेला यातायातको र दुरसञ्चारको सुबिधा नंगन्य नै थियो । कयौँ घण्टा पैदल हिंडेर सम्पर्क कार्यालय पुग्यो । त्यहाँ गएपछि उनीहरुले कुनै केशव भन्नेको घरको ठेगाना दिएर पठाए ।
यहा पनि केहि घण्टा पैदल यात्रा गरेर जानु पर्यो । केशव भन्ने एकजना मास्टर थिए । उनको सरकारी स्कुलमा जागिर थियो । सम्पर्क कार्यालयमा बसेका ब्यक्तिले केशवको बडो तारिफ गर्दै हजूरलाई उनले घरै लिएर जान्छन् भनेर भनेका थिए । उतीबेला कताकतै शहरमा मात्रै लैण्डलाईन फोन हुन्थे । समाजको सक्रिय साथिलाई भेटाए पछि कसो सहयोग नगर्लान् भनेर मणि ढुक्कैछ ।
केशवको घर खोज्दै जाँदा झमक्कै साँझ पर्यो । जाडोको दिन भएकोले होला दिनपनि अलि छोटा थिए । जे होस् साँझ पर्दा मणि केशवको घरमा पुग्छ । उनको राम्रै परिपाटी रैछ । घरपनि दुई तले छानोमा टिन लगाएको भित्तो पलस्तर गरेको त्यो बेलाका धनीहरुको घर जस्तै थिए । मणि घरमा पुगे तर केशव भने घर थिएनन् । उनको आँमा हुनुहुँदो रैच्छ, उहाँले केशवसँग भेट गर्न आएको भनेपछि राम्रो ब्यबहार गर्नु भयो । बाहिर दलानमा एउटा खाटमा बस्न भन्नु भयो । मणिले पनि आफु यहा आउँनु परेको सबै कुरा बतायो ।
कुरा गर्दा गर्दै भान्सा पनि पाकिसके छ साहेद केशवको परिवारले पकाएको हुनुपर्छ । भांशा गर्न बोलाइन्, घरको नजिकै अर्को सानो भांशा घर थियो मणि त्यहाँ गएर भांशा गर्छ ।
मणि दिनभरीको हिंडाईले गर्दा थाकेर लखतरान परेको थियो । भांशा गरेपछि त्यहि दलखनमा भएको खाटमा सुत्न भन्नु भयो । मणि गएर खाटमा पल्टियो । केशव भने अँझै आएका थिएनन् । मणि भुतुक्कै निदाए छ, थाहा नै पाएन । एक्कासि बिहान पख निन्द्रा मै तिखो स्वर सुन्छ ।
“ए गासे ! अँझै उठ्या छैनस् ? साहु मारा ।” मणिको कानमा सपना मै जस्तो तिखो स्वर पर्यो ! अनि निन्द्रा खुल्यो । जुरुक्कै उठेर बस्यो, बिस्तरा मै ।
“थोरै खाएपो हुन्छ, गासेले एक थाल भात खान्छ । अनि मस्त सुत्छ ।” भित्रबाट फेरी तिखो स्वरमा चर्को बोली बोल्छिन ।
त्यो आमाको बोली त थियो तर मणिले मेसो पाएन् । आखिर उनले कसलाई भनेकि छिन् ? यताउता हेर्छ त्यहाँ आफु बाहेक कसैलाई देख्दैन । “कहिं मलाई त होईन ?” मणिले आफुलाई भनेको जस्तै सोंच्छ ! आफु अलि सम्हालिएर बस्छ ।
भित्रबाट एउटा मसिनो सिप्किनो ल्याएर जोडसँग खाट मुनि स्वाँठ्ठै पार्छिन् । त्यहाँबाट एउटा सानो बार तेह्र बर्षको केटा उठेर भाग्छ । बल्ल असली कुराको मणिलाई जानकारी हुन्छ । त्यो बिचरो बालख खाटमुनी गुन्द्री बिछाएर सुतेको रहेछ । अनि अर्को हातमा आमाले छोपेको टुक्किको रोशनीमा घडि हेर्छ अझै पाँच बज्न बाँकि नै थियो ।
एकजना समाज सेवक क्रान्तिकारी र शिक्षकको घरमा यस्तो हुन्छ भने झन अरुको घरमा कस्तो हुँदो होला ? मणिको मनमा यहि प्रश्न बारम्बार आईरहन्छ । त्यतिको त किन जान्थे अर्काको देशमा लाहुरे हुन । देशभित्रको क्रान्तिकारी भनाउँदाहरुको यस्तो ब्यबहार छ भने अरुको कस्तो होला ? यो केटालाई गरेको गाली मणिलाई आफुलाई गरेको जस्तै लाग्छ । उसको मुटुमा चसक्कै बिजाएको छ ।
परदेशमा मणिहरु यस्तै गरिबहरु होटेल कोठीमा काम गर्नेहरुसँग नियमित चन्दा सहयोग लिएर र यस्तै गरिबहरुको मत लिएका हुन्छन् । यस्तै खालेले जिते पछि आखिर कसको हितको प्रतिनिधित्व गर्ला त्यो सरकारले । अनि कसको हित गर्ला भन्दै मनमनै सोंचिरहेको थियो, भित्तामा अडेस लागेर ।
एक छिनपछि केशब उठेर बाहिर आउँछ । अब घडिमा सात बजि सकेको छ । मणिले बिस्तारै आफु आउँनुको मक्सद भन्छ सविस्तार । हो त्यो त तर मलाई फुर्शत हुँदैन तपाईँ फलानोका घरमा जानुस् तर अर्नि खाएर अलि बेरपछि जानु होला भन्छन् । हुँदैन हजुर मलाई ढिलो हुन्छ बरु उहाँको घरसम्म पुग्ने बाटो भन्दिनुस् भन्दै आफ्नो झोला लिएर उभिन्छ । केशवले बाटो देखाई दिन्छन् अनि मणि अर्को फलानाको घरको लागि हिंड्छ ।
२१ जुलाई २०२०
(यो कथा काल्पनिक हो । यो कसैको नीजि जिवन वा नामसँग मेल खाएमा मात्र संयोग हुनेछ– लेखक ।)
















