एन.आर.सी.को तहत नागरिकहरु मूलभूत अधिकारबाट बञ्चित हुँदै

नयाँ दिल्ली । भारतमा यतिवेला एन.आर.सी., एन.पी.आर. र जम्मु कश्मिरको मुद्दाले विभिन्न रुपमा तुल समाएको छ । यसै बीच राजधानी दिल्लीमा विभिन्न वामपन्थी विचारधाराका राजनीतिक पार्टीहरु र प्रगतिशिल संघ संस्थाहरुको संयुक्त आयोजनमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एन.आर.सी. असम र एन.पी.आर. रद्द गर, भारतमा रहने र जन्मेका हरेक व्यक्तिलाई नागरिकताको मूलभूत अधिकारबाट बञ्चित नगर ! जम्मू–कश्मीरमा थोपरिएको प्रतिबन्ध फिर्ता गर । असंवैधानिक रुपमा धारा ३७०को अन्त्य तथा जम्मू–कश्मीरलाई दुई केन्द्र शासित प्रदेशहरुमा गरिएको विभाजनको निर्णय रद्द गर ! लगायतका नारा अन्तर्गत १३ सितम्बरका दिन उक्त अन्तक्र्रिया कार्यक्रम सम्पन्न पारिएको थियो ।

कार्यक्रममा सहभागि अधिकांश वक्ताहरुले जनता यतिवेला चर्को आर्थिक संकटसँग जुझिरहेको अवस्था छ, अर्थव्यवस्थामा संकटका कारण लाखौं मजदुरहरु कामबाट निकालिइरहेका छन् । यो अवस्थामा आर.एस.एस.को फासीवादी एजेण्डा अन्तर्गत हिन्दू राष्ट्रको लक्ष्यको तर्फ बढ्दै मोदी सरकारले प्रत्येक मुद्दाहरुलाई साम्प्रदायिक बनाउँदै लगिरहेको बताए ।

उक्त संयुक्त अन्तक्र्रिया कार्यक्रममा भाकपा (माले) रेड स्टारका के.एन. रामचन्द्रन्, न्यू डेमोक्रेटिक पार्टी आफ इंडियाका अरूण मांझी, सी.पी.आई.(एम.एल.) न्यू प्रोलेटारियनका शिवमंगल सिद्धान्तकर, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका ठाकुर खनाल, आल इंडिया मिल्ली काउन्सिलका डा. परवेज मियाँ, बहुजन कम्युनिस्ट पार्टीका के.के. नियोगी, सर्वहारा लोकपक्षका विदुषी, इन्कलाबी मजदूर केन्द्र हरीश, लोकपक्षका के.के. सिंह, सिटीजन फार डेमोक्रेसीका एड. एन.डी. पंचोली, आल इंडिया पीस मिशन दया सिंह, अजय सिन्हा और क्रिस्टोफर गहतराज लगायतले आफ्ना धारण प्रकट गरेका थिए ।
सोही कार्यक्रमको अवसरमा भाकपा (माले) रेड स्टार, भारतको नयाँ लोकतान्त्रिक पार्टी, लोक समिति, प्रजातन्त्रका लागि नागरिक, बहुजन कम्युनिष्ट पार्टी, माकपाको नयाँ सर्वहारा, अखिल भारतीय मिलि काउन्सिल, सर्वहारा लोकपक्ष, ईंकलाबी मजदूर केन्द्र, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, लोकपक्ष, डेमोक्रेटिक पीपुल्स वकिल संघ, अखिल भारतीय शांति मिशन, जन संघर्ष मंच (हरियाणा) र अखिल भारतीय क्रिश्चियन माइनर टी रहेको संघर्ष समिति गठन गरिएको छ ।

सो संघर्ष समितिले आगामि १५ अक्टुबरका दि जंतर मंतरमा वृहत प्रदर्शन गर्ने समेत बताइएको छ । संघर्ष समितिले बुंदे अपिल समेत जारि गरि उक्त प्रदर्शनमा सम्पूर्ण शोषित पिडीत जनसमुदायलाई सहभागि हुन समेत आव्हान गरेको छ । संघर्ष समितिको नेतृत्व कसले गर्ने भन्ने बारे भने आगामि २० सितम्बरको सम्पन्न हुने संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार