अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा श्रद्धाञ्जली

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले समाजका कोषाध्यक्ष एवं हङकङ नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकीकी आमा पविसरा बुढाथोकी निधनप्रति गहिरो दुःख प्रकट गरेको छ ।

अध्यक्ष दुर्गा बहादुर केसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी स्वर्गीय बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । पविसराको ८९ वर्षको उमेरमा आइतबार राति काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार कै क्रममा निधन भएको थियो ।

शोक मन्तव्यको पूर्ण पाठ :

“बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं.४ स्थायी घर भई हाल हङकङ नेपाली एकता समाजका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शक्तमान बुढाथोकी ज्युकी ममतामयी आमा पविसरा बुढाथोकीको ८९ वर्षको उमेरमा २०७७ भाद्र २५ तदानुसार सन ९ अगस्त २०२० को राती ११ः४५ बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार कै क्रममा असामयिक निधन भएको समाचारले सिंगो अन्तर्राष्ट्रिय नेपाली एकता समाजलाई स्तब्ध बनाएको छ ।

मृतक पविसरा बुढाथोकीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार