सिमानाको लुटपाट रोक्न प्रदेश सरकारको ध्यानाकर्षण

धनगढी । चाडवाडको समयमा भारतका विभिन्न शहरमा मजदुरी गरी फर्कने नेपालीमाथि सिमानामा हुने लुटपाट रोक्न राष्ट्रिय जनमोर्चाले सुदूर पश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । राजमोको सुदूर पश्चिम प्रदेश समितिले २०७६ भदौ २३ गते सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएर लुटपाट रोक्न आग्रह गरेको हो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूर पश्चिम इन्चार्ज मनोज भट्टको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनपत्रमा भनिएको छ– “आगामी असोज महिनामा नेपाली जनताको महान् चाड बडादशौ, दिपावली तथा छठपर्वलाई लक्षित गरी कामकाजको सिलसिलामा भारत गएका नेपाली नागरिकहरू स्वदेश फर्किने क्रम सुरु भइसकेको छ । आफ्नो घरपरिवारसाग केही दिन खुशीयाली मनाउन भनेर नेपाल फर्किने क्रममा सुदूर पश्चिम प्रदेशको प्रमुख सीमानाका, कञ्चनपुरको गड्डाचौकी र बनबासा तथा कैलाली जिल्लाको गौरीफन्टाका साथै अन्य नाकाहरूमा भारतीय तथा नेपाल देशका सुरक्षाकर्मी, भन्सार कार्यालयका कर्मचारी तथा सीमानाकामा आवतजावतका क्रममा टाागावालादेखि लिएर स्थानीय सवारी साधन सञ्चालकका साथै सीमा सुरक्षा बलद्वारा समेत नेपाली नागरिकमाथि अमानवीय दुव्र्यवहार हुनुका साथै नगद तथा जिन्सी सामान समेत लुटपाट भइरहेको कुरा जगजाहेर छ । उक्त कुरा विगत लामो समयदेखि भारतीय पक्षबाट भइरहेको छ ।

सीमानाकामा हुने यस प्रकारका कैयौा क्रियाकलाप तथा घटनाहरू समय समयमा देखा परिरहेका छन् । कैयौा पीडित नेपाली नागरिकहरू अपमानित हुनुका साथै रित्तो हात घर फर्किनु पर्ने बाध्यताको शृङ्खला लामो छ । तसर्थ आउादै गरेको बडादशौ, दिपावली तथा छठपर्वका अवसरमा नेपाली नागरिकलाई स्वतन्त्रतापूर्वक आफ्नो देश फर्किन सहज वातावरण बनाउनका साथै सो कार्य रोक्नका लागि हामी मुख्यमन्त्रीज्यूको ध्यानाकर्षण गराउनका साथै जोडदार माग समेत गर्दछौ ।”

ज्ञापनपत्र बुझाउन राजमो सुदूर पश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्ट, अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, राजमो सुदूर पश्चिम प्रदेशका उपाध्यक्ष लोकेन्द्र लम्साल, सचिव लक्षीराम आचार्य, कोषाध्यक्ष केशवनाथ योगी, राजमो कैलालीका सचिव हुकुम साउद, सदस्य जगत जोशी, राजमो डोटीका सहसचिव डबल बोगटी, राजमो धनगढी उपमहानगर समितिका अध्यक्ष कृष्ण चौधरी तथा अखिल (छैठौं) का केन्द्रीय सदस्य उमेश काडेल लगायत सहभागी हुनु हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार