दाङ । दाङको घोराही उपमहानगरपालिका १ का दर्जन बढी युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । बिगतमा नेपाली काङ्ग्रेस र ड्बल नेकपामा रहेका युबाहरु राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितमा भएको एक कार्यक्रमका बिच पार्टीमा प्रवेश गरेका हुन् ।
प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष आचार्यले देशमा अन्याय, बेथिति र भ्रष्टाचार बढेको हुँदा युबाहरु सक्रियतापुर्बक राजनीतिमा लागेर समाजका सम्पुर्ण बेथितिहरुको अन्त्य गर्नु पर्ने र समाजलाई सकारात्मक रुपान्तरणमा अग्रसर हुनुपर्ने कुरा बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष राम बहादुर जिएमले पनि मन्तव्य राख्नु भएको थिए ।
तारा बहादुर बुढाको नेतृत्वमा प्रवेश गर्नेहरुमा सन्तबीर घर्ती, सोभाराम पुन, भिमा बुढा,दिल बहादुर रावत, कुन्ती पुन, चन्द्रबहादुर थापा, मीन बहादुर बुढा, लालबहादुर सुनार, चिन्ता बुढा, निमा थामा, मित्री सुनार, भिमा रावत, हेमराज बिस्ट लगायत रहनु भएको छ ।
प्रवेश पछि उत्साहीत हुँदै गाउमा बृहत रुपमा प्रबेश कार्यक्रम सञ्चालन गर्ने र संगठन निर्माण गर्ने योजना समेत बनेको आचार्यले हामीलाई जानकारी दिनुभएको छ ।
















