बागलुङका बाढीपीडितलाई हङकङमा आर्थिक संकलन

काठमाडौँ । बागलुङ जिल्लाको ढोरपाटन क्षेत्रमा आएको बाढीपहिरोबाट पीडितलाई राहत प्रदान गर्न हङकङबासी नेपालीले राहत सङ्कलन सुरु गरेका छन् । बाग्लुङ समाज हङकङको आयोजनमा राहत सङ्कलन सुरु गरिएको हो ।

बागलुङ समाज हङकङका सचिव एवम् अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शक्तमान बुढाले हङकङमा रहेका नेपालीहरुले राहत सङ्कलन सुरु गरेको जानकारी दिनुभयो ।

बागलुङ समाज हङकङले सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई समाजका अध्यक्ष मानबहादुर थापाको एचएसबिसी एकाउन्ट नं. ०३२५१००८४० मा रकम ट्रान्सफर गरी ट्रान्सफर गरेको रसिद पठाउन आग्रह गरेको छ।

यस्तै, मानबहादुर थापा ६०९०८४३५, अमृता राना ९१३३११५०, रामबहादुर केसी ५११०२७७६, सक्तमान बुदाथोकी ९१४०११२७, तेजेन्द्र श्रीस ९३८०५४५१, नीता थापा ५४४५६५०१ र समिता श्रीस ६०९४८८५४ मा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।

समाजले हालसम्म करिब १५ हजार डलर रुपैयाँ सहयोग समेत सङ्कलन गरिसकेको छ ।

यही भाद्र १७ गते राति बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वार्ड नं. ७, ८ र ९ मा गएको बाढीपहिरोमा परी हालसम्म १४ जनाले ज्यान गुमाएका छन् भने २६ जना भन्दा बढी बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार