विकल्पमा राजमोलाई रोज

कृष्ण अधिकारी (गढशंकर)

देशको परिस्थिति अनुसार भन्छन्

नेकपाको बिकल्प कांग्रेस भन्छन्

कांग्रेसको बिकल्प नेकपा भन्छन्

विकल्प दुइवटा मात्र छन भन्छन्

 

यी दुइटा मात्र विकल्प देख्नेहरू

देशमा हामी बैकल्पिक छौ भन्नेहरु

राम्रो भिजन भएका पार्टी नि छन

तर उनलाइ खै त अबसर दिएको

 

जहिले पनि कांग्रेस ले यसो गर्यो रे

नेकपाले यसो गर्यो यो पार्टी यस्तो

हाम्रो पार्टी यस्तो भन्नेहरुले अब त

खोज र रोज विकल्प राजमोलाई

 

तर विकल्प रोज्ने नाममा पनि त

समाजवादी, बिबेकसिल साझा

किन भन्ने हजुर राजमो नै भनै न

देश वचाउनेलाई विकल्प भनै न

 

आखिर किन देश वेच्नेलाइ भोट

सिमामिच्दा चुप्प वस्नेलाइ भोट,

विकास भन्दा विनास गर्नेला भोट

देशखोज्ने र लुटरोक्ने लाइ चोट ?

 

देश पन्द्र विस बर्ष पछि धकेल्ने

लुट भष्टचार गर्नै लाइ किन भोट ?

लाटोले पापा र बाँदर केरा हेरे झै

हेर्नेहरुलाई भोट दिएको देख्दा त

 

देश भन्दा ठुलो पार्टी हो भन्नेहरु

जय नेपाल, लालसलाम नै गर्नेहरु

राजमोलाई विकल्पमा रोज भन्छु म

एकपटक अवसर दिउँ भन्न मन छ

 

तर जाडरक्सी र पैसामा विक्नेहरु

खै वोट दिन्छन भन्न सक्दैन म त

किनकी मैले समाज यस्तै देख्छु

जताततै व्रमलुट मैले देखेको छु ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार