राजस्थानमा नेपाली युवकको निधन

श्रीगंगानगर । १५ सेप्टेम्वर वेलुका श्रीगंगानगरमा एक युवक अत्यान्तै घायल अवश्थामा सड्क किनारामा फेलापरेका थिए ।

उनको पाकेट चेकजाँच गर्दा उनीसँग रहेको नेपाली मतदाता परिचय पत्रको आधारमा उनको बाजुरा जिल्ला, बडिमालीका नगरपालीका ८ निवासी लाल बहादुरको छोरा वर्ष ३२ बलबहादुर रावलको रुपमा परिचय खुलेको थियो । १५ सेप्टेम्वरको राती गोरुसँग (आंवरा पशु) ठोक्किंदा मोटरसाइकिल दुर्घटनामा परि गम्भिर अबस्थामा रहेको तथ्य खुलेको थियो ।

मूल प्रवाहका सुदुर पश्चिमोत्तर क्षेत्रीय सचिव त्रिभुवन भट्टराइले दिनुभएको जानकारी अनुसार श्रीगंगानगर नगर समितिका कार्यकर्ताले उनलाई स्थानिय श्रीअम्वा अस्पताल श्रीगंगानगर राजस्थानमा भर्ना समेत गरेका थिए ।

उनको स्वास्थ्य अवश्था धेरै नै नाजुक भएकोले नगर अध्यक्ष गिरु प्रसाद न्यौंपाने, सचिव वसन्त भण्डारी र उपाध्यक्ष हुमबहादुर विक सहितको प्रतिनिधिहरुले श्रीअम्वा हस्पिटलमा पुगी स्थलगत निरिक्षणसम्म गर्नुभएको थियो । उनका आफन्तहरुको पत्ता लगाएर नेपालबाट वोलाउने काम समेत भएको थियो । तर विडम्बना बलबहादुर रावल १६ सेप्टेम्वरका दिन हामी बीचबाट संधैका लागि विदाभएका छन् ।

यसरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपालीहरुको अभिभावक संगठन भएको कुरा संगठनका जुझारू कार्यक्रताहरुको निरन्तर निष्ठापूर्वक गर्ने कार्यले पुनः प्रमाणित गरेको छ ।

यो पनि पढ्नु होस्: मूल प्रवाहले दिलायो ३ लाख ६८ हजार ३२० क्षतिपूर्ति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार