करिब डेढ महिना पछि राजेन्द्र ढुङ्गाना कोरोना मुक्त

बागलुङ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना कोरोना मुक्त बन्नु भएको छ । आईतबार आएको स्वास्थ्य रिपोर्टमा ढुङ्गानामा कोरोना नेगेटिभ देखिएको हो ।

अस्पतालको आईशोलेसनमा बसेको ३७ औँ दिनको रिपोर्टमा उहाँमा कोरोना नेगेटिभ आएको हो ।

उहाँ ३७ दिन अस्पतालको आईशोलेशनमा बस्नु भएको थियो भने ३ दिन होम क्वारेन्टाईनमा बस्नु भएको थियो ।

यसभन्दा अघि आएका छैठौँ पटकसम्मको रिपोर्टमा उहाँमा कोरोना देखिएको थियो । सातौँ पटक गरिएको परीक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि उहाँको अहिलेनै डिस्चार्ज हुने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार