जुना चालिसे (चंडीगढ़)
यो धन विनाको मेरो कस्तो विचित्रको मन छ ।
भोकोलाई टन्नै भरपेट खुवाउने हो पो भन्छ ।।
नाङ्गोलाई राम्रो कपडा लगाइ दिने मन छ ।
तर धन विनाको मेरो अचम्मको मन छ ।।
गल्लीमा वस्नेलाई घरमा वसाल्ने मन छ ।
वेरोजगारलाई रोजगार दिने पो मन छ ।।
कठै धन विनाको मेरो मन पनि ठुलै छ ।
हजारौं दिनदुखीका लागि यो मन खुलै छ ।।
रिक्सा चालकको पिडा देख्दा मन चस्स हुन्छ ।
भारिवोक्नेको दुःख देख्दा यो मन कति रुन्छ ।।
गिटि कुटनेहरुको ठेला देख्दा छाती पोल्छ ।
सडकमा काम गर्नेको तातो हवाले मन पोल्छ ।।
सवैलाई सुखि र खुसी देख्ने यो मेरो मन छ ।
तर पनि धनविनाको यो अचम्मैको मन छ ।।
आफै मजदुर तर मजदुर नै त मन पर्छ ।
आफै गरिव भए पनि सेवा नै गर्ने मन छ ।।
काडाहरु पञ्छाएर फूल रोप्ने मेरो मन छ ।
विचल्लीमा परेकालाई साहारा दिने मन छ ।।
काध थाप्न नसक्ने धनविनाको मेरो मन छ ।
परिवर्तन खोज्दै अब संसार बदल्न भन्छ ।।
















