जनक पौडेल, केरला (भारत)
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम (केरला) नगर समिति अन्तर्गत पर्ने कटपन्ना एरिया समितिले बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे सिम्लेका पहिरो पीडितलाई हस्तान्तरण गरिएको छ ।
गत भदौ २८ गते सिम्ले गाउँमा गएको पहिरोमा परी स्थानीय जलपादेवि पौडेलको ज्यान जानुका साथै घर बगाएको थियो । मृतकका परिवारलाई राहतस्वरुप मूल प्रवाहका सदस्यहरुले रकम संकलन गरी नेपाली पठाएका हुन् ।
मूल प्रवाहले पठाएको नगद १७ हजार ५० रुपैयाँ राष्ट्रिय जनमोर्चाबाट निर्वाचित जैमिनि नगरपालिका–५ बिनामारेका वडा अध्यक्ष गोपाल पौडेल र स्थानीय समाजका अगुवामार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टाम नगर समितिले सहयोगीहरुप्रति आभार व्यक्त गरेको छ ।

















