लुधियाना, २० सेप्टेम्वर । का. द्रोर्ण प्रसाद पोखरेलको संझनामा लुधियानामा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । वहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिको आयोजनामा केन्द्रीय परिषद सदस्य तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं क्षेत्रका जुझारू कार्यकर्ता हुनुहुन्थ्यो ।
पोखरेलको गत ७ सेप्टेम्वर २०२० मा असमयिक निधन भएको थियो । सो नगरका कार्यकर्ताहरु बीच प्रिय नेताको रुपमा स्थापित हुनुहुन्थ्यो ।
नगर अध्यक्ष उदैसिंह चन्दको अध्यक्षतामा तथा पशुपति पोखरेलको सञ्चालनमा अगाडि बढेको श्रद्धान्जली सभामा विभिन्न अतिथिहरुको अतिथि आसन ग्रहण पश्चात १ मिनट मौनधारण गरि का. द्रोणलाई श्रद्धान्जली प्रकट गरिएको थियो ।

मूल प्रवाहका केन्द्रीय समितिका वासुदेव भटृटराई, क्षेत्रीय सहसचिव कैलाश खड़का, नगर समितिका रामचन्द्र पौडेल, रक्तिमका नारायण पोखरेल, समता विभागकाका गोविन्द परियार, फोकलपाइंट नका. दोर्ण पोखरेलप्रति भावपूर्ण श्रद्धान्जलीगर सचिव अर्जुन कार्की, सदस्य हुम बहादुर राना, खुम बहादुर थापा, गणेश विक, भगय बिक, नन्दराज भण्डारी, वल बहादुर केसी, कृष्ण खनाल, मान बहादुर सारु, देविराम थापा, धनप्रसाद अधिकारी, नर बहादुर विक, मञ्ज बहादुर थापा, विन्दो कुमार, सपना, सरिता र गिता लगाएतले सभामा पोखरेलको फोटोमा अबिर तथा माल्यार्पण गर्दै वहाँको योगदान वारे शोकमन्तव्य दिनु भएको थियो ।

















