काठमाडौं । स्याङ्जाको वालिङ र कालिगण्डकीमा गएको पहिरोमा परी १० जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन्।
बिहीबार बिहान वालिङ नगरपालिका १४ मा गएको पहिरोमा पुरिएका एकै परिवारका सबै नौ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यायल स्याङ्जाले जनाएको छ ।
पहिरोमा परी २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली, १४ वर्षीय विक्रम नेपाली, १९ वर्षीया विनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली र ७ महिनाको बच्चाको पनि ज्यान गएको छ ।
पहिरोमा परी घाइते भएकी १५ वर्षीया मनिषा नेपालीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।
यस्तै कालिगण्डकी गाउँपालिका ४ गौतमडाँडामा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको ज्यान गएको छ । त्यहाँ बाबुराम दमाई र जगत बहादुर दमाईको घर पुरिएका छन् ।
















