पुराना कम्युनिष्ट नेता रविलाल पुन राजमोमा आवद्ध

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १ निबासी पुराना कम्युनिष्ट नेता रविलाल पुन राष्ट्रिय जनमोर्चामा आवद्ध हुनु भएकोको छ ।

बिगतमा लामो समय माओवादीमा रहेर काम गर्नु भएका पुन जिल्ला अध्यक्ष गणेश आचार्यबाट पार्टीको सदस्यता लिएर राष्ट्रिय जनमोर्चामा आवद्ध हुनु भएको हो ।

त्यस क्रममा उहाँले भन्नुभयो ‘एमाले धेरै पहिले नै कांग्रेस बनिसकेको र अब माओवादी पनि कांग्रेस जस्तै बन्यो । अब यिनिहरु कम्युनिस्ट रहेनन् ।’

उहाँले आफू सच्चा वामपन्थी संगठनप्रति आस्था राख्ने भन्दै सोही कारण राष्ट्रिय जनमोर्चामा आवद्ध भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार