नेपालमा कुन जिल्लामा कति कोरोना संक्रमित छन् त ?

काठमाडौं । आइतबार सबैभन्दा बढी काठमाडौँमा ६३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं पछि बढी संक्रमित थपिने जिल्लाहरुमा मोरङमा १८८, ललितपुर १०४, चितवन ८३, सुर्खेत ७६, भक्तपुर ७२ कैलाली ५० रहेका छन् ।

नेपालमा आइतबारसम्म कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सो संख्या पुगेको हो । यस्तै, नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको रहेको छ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार