- विमल पोखरेल
नेकपा (मसाल) र मोहनविक्रम सिंहको बदनाम गर्नको लागि मोहनविक्रम सिंहको लेख “चार दशक” पुस्तकबाट हुबहु चोरी गरिएको पाइएको छ । इपरीन्यूज डटकम र काँचुलीखबर डटकमले एउटै लेख प्रकाशित गरेका छन् । गौरिलाल कार्कीको नामबाट प्रकाशित “अधिभूतवादी या यान्त्रिक कार्यशैलीविरुद्ध संघर्ष गरौं” शीर्षकको लेख मोहनविक्रम सिंहले वि.सं. २०४२ सालमा “जनवादी केन्द्रीयतासम्बन्धी अधिभूतवादी दृष्टिकोण” शीर्षकमा लेखेको पाइएको हो ।
चोरिएको लेख सिंहको चार दशक पहिलो खण्डको पेज नम्बर ३८९ देखि ४०३ सम्म भए तापनि गौरिलाल कार्कीको नामबाट ३८९ देखि ३९५ सम्म करिब ८० प्रतिशत खण्ड हुबहु चोरिएको छ । प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार उक्त कार्य गैरकानूनी हो । उक्त कार्य गरेवापत १ लाख रुपैयाँसम्म जरिवाना, ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
इपरीन्यूज डटकम र काँचुलीखबर डटकमले यसरी चोरी गरेको लेख किन प्रकाशित गरे ? त्यो तिनीहरुको कुरा हो । तर उनीहरुले प्रेस काउन्सीलको आचारसंहिता बमोजिम उक्त लेख हटाउन पनि पाउँदैनन् र मूल लेखक तथा प्रकाशक दुवैले माग गरेमा प्रतिलिपि ऐनअनुसार कडा कारवाही भोग्नुपर्ने र क्षतिपूर्ति बेहोर्नुपर्ने हुन्छ । त्यस विषयमा पुस्तकका लेखक कानूनी लडाइँ लड्ने वा नलड्ने त्यो लेखकको कुरा हो । तर कुनै पनि व्यक्तिले अर्काे लेखकको लेख हुबहु चोरी गरेर लेखककै बदनाम गरिनु चाहिं अपराध हो ।
मैले गौरिलाल कार्कीको नामबाट लेखिएको लेखमा मोहनविक्रम सिंहको चोरी गरिएका हरफहरु रातो मसीले लाइन गरेर जस्ताको तस्तै राखिएको जानकारी गराउन चाहन्छु । उक्त लेखका दुई वटै लिंकहरु कमेन्टमा राखिएको छ ।
महामन्त्री सिंहद्वारा लेखिएको पुस्तक चार दशकको पेज ३८९ देखि ३९५ सम्म PDF मा तल हेर्नुहोस् :
[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2020/09/4th-1anth.pdf” title=”4th 1anth”]
















