महामन्त्री सिंहको लेख चोरेर सिंह माथि नै प्रहार गर्ने दुष्प्रयास !

काठमाडौं । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको लेख जस्ताको तस्तै चोरि गरि प्रकाशित गरिएको भेटिएको छ । मोहनविक्रम सिंहले वि.सं. २०४२ सालमा लेखेको “जनवादी केन्द्रीयता सम्बन्धी अधिभूतवादी दृष्टिकोण” शीर्षकको लेख हुबहु प्रकाशित गरिएको भेटिएको हो ।

सिंहले “चार दशक” नामक पुस्तकमा उक्त लेख राखेका थिए । जुन लेख हुबहु गौरिलाल कार्कीको नामबाट “अधिभूतवादी या यान्त्रिक कार्यशैलीविरुद्व संघर्ष गरौं” शीर्षकमा विभिन्न अनलाईनमा प्रकाशित भएको भेटिएको छ ।

“जनवादी केन्द्रीयता सम्बन्धी अधिभूतवादी दृष्टिकोण” शीर्षकमा भएको लेख “चार दशक” नामको पुस्तकको पेज नम्बर ३८९ देखि ४०३ सम्म छ । गौरिलाल कार्कीले उक्त किताबको पेज नम्बर ३८९ देखि ३९५ सम्म हुबहु प्रकाशित गरेका छन् ।

लेखक कार्कीले आफूलाई राष्ट्रिय जागरण अभियान नामक संगठनका जिम्मेवार नेताको रुपमा विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा उल्लेख गर्दै आएका छन् । राष्ट्रिय जनमोर्चाबाट अनिश्चितकालका लागि कारवाहीमा परेका कार्कीले विभिन्न लेख तथा रचनाहरु मार्फत पार्टी माथि प्रहार गर्दै आएका छन् ।

महामन्त्री सिंहद्वारा लेखिएको पुस्तक चार दशकको पेज ३८९ देखि ३९५ सम्म PDF मा तल हेर्नुहोस् :

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2020/09/4th-1anth.pdf” title=”4th 1anth”]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार