चेन्नई । बाग्लुङ नगरपालिका ९, गैराफाट, तित्यांङ, बाग्लुङ निवासी टिका बहादुर नेपालीको चेन्नईमा हृदयघातका कारण निधन भएको छ ।
५६ बर्षीय टिका बहादुर नेपाली, पूर्ण बहादुर नेपालीका छोरा थिए । उनी चेन्नईको कारानोडाइ, शोलाबरम अबस्थित लान्सन भेंचर कम्पनिको आप्लम भिभागमा कार्यरत थिए । उनको ३० सितंबर २०२० का दिन करिव १.३० बजे हृदयघातका कारण निधन भएको बताइएको छ ।
घटनाको बारेमा कम्पनीमा संगै काम गर्ने रामु पौडेल र हर्क बहादुर देउवाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्य उमानन्द आचार्य र क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याललाई जानकारी गराए पछि घटना स्थलमा पुगेर कम्पनी म्यानेजमेंट र शोलाबरम प्रहरी स्टेशनसँग सम्पूर्ण कानूनी प्रक्रियाहरू पुरा गरि स्टान्ली हस्पिटलमा पोस्टमार्टम गराइएको थियो । मृतक टिका बहादुर नेपालीको शव १ अक्टोवर २०२० का दिन चेन्नईको नुङगाम बाक्कम शंशानघाटमा दाह संस्कार गरिएको छ ।
दाहसंस्कारको दौरानमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु, विभिन्न स्थानीय संघ संस्थाहरुका सदस्यहरु र मृतक टिका बहादुर नेपाली कार्यरत रहेको कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो । कोरोना भाइरसका कारण नेपालबाट आफन्तहरु आउन नसकेको कारणले मृतककी श्रीमति अमृता नेपालीको अनुरोधमा छिमेकी राजु नेपालीले मुखाग्नी दिएका थिए । दाहासंस्कार पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय महेन्द्र बस्यालले शोक मन्तव्य राख्नु भएको थियो ।
















