विद्यालयको जग्गा षडयन्त्र गरि विक्रीगर्ने प्रयत्न, राष्ट्रिय जनमोर्चाद्वारा विरोध

केयर सिंह अदै

कपिलवस्तु । विद्यालयको नाममा रहेको जग्गा मुनाफा कमाउने उदेश्यले व्यक्तिगत कब्जा गरेको कार्यप्रति राष्ट्रिय जनमोर्चा स्थानीय समितिले विरोध जनाएको छ ।

कपिलवस्तु विजय नगर गाउँपालिका ५, बडदौरमा रहेको श्री जनजागृति आधारभूत विद्यालयको उज्वलपुरमा रहेको १० कठ्ठा ऐलानी जग्गा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिले जमा बढईलाई रु. १० लाख रुपैयाँमा बिक्री गरेको केही दिन मै निज जमा बढईले अन्य व्यक्तिलाई रु. ४२००००, चार लाख बिस हजार कठ्ठाका दरले बिक्री गर्न लागेको जानकारी प्राप्त भए पछि राष्ट्रिय जनमोर्चा विजय नगर गाउँपालिकाका राजमो नेता केरसिंह अदईको पहलमा गाउँपालिका, वडा कार्यालय, विद्यालयका प्रअ, अध्यक्षलाई पत्रकाटी ध्यानाकर्षण गराएको छ ।

सो विषयलाई लिएर यहि असौज १४ गते विद्यालयले अभिबावक भेला बोलाएको थियो । भेलामा गौतमबुद्ध साझेदारी वनका अध्यक्ष जानकी यादव समेतले जग्गा विक्री गर्ने कार्यलाई समर्थन गर्न भूमिका खेलेपछि उपस्थित अभिवकहरुले बैठक बहिस्कार गरि हिंडेका थिए ।

१६ गते राष्ट्रिय जनमोर्चालाई विद्यालयले भेलाको निर्णय कपी सहित, विद्यालयले नम्मरी जग्गा किन्नु पर्ने, पैसा अपुग भएकोले जमा बढईलाई ऐलानी १० कठ्ठा जग्गा जिम्मा लगाइएको निर्णय भएको जानाकारी पठाएको थियो ।

सो जानकारी राष्ट्रिय जनमोर्चालाई प्राप्त भए लगत्तै ज्वलपुरमा विद्यालयको जग्गा अनियमिताको विरुद्धमा राष्ट्रिय जनमोर्चा विजय नगर गाउँपालिका अध्यक्ष गोपाल सुनारको अध्यक्षतामा सम्पन्न पारेको छ ।

विरोध सभामा राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक केन्द्रीय सदस्य केरसिंह अदई, राजमोका पतेश्वरी यादव, खदेरु पसी, राम सोमरे धोबी, स्थानीय इनुस मनीहरले १ जना जमा बढईलाई खडा गरी विद्यालयको जग्गा पलटिङ गर्न लागेकोमा कडा बिरोध गर्दै तत्काल जग्गा फिर्ता गर्न दबाब दिएका छन् ।

कार्य क्रमको सञ्चालन प्रभु यादव र स्वागत गोविन्द परिवारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार