- कुलबहादुर बगाले (जालन्धर)
जराहरुमा कतै कमिला
कतै धमीराहरुका आक्रमण,
पातहरुमा कतै माकुराका जालहरु
कतै सलह
कहिले पृथ्वीको वाफ,
कहिले सुर्यको तातो राप
कहिले फाट्छ बादल,
कहिले पर्छ मुसलधारे पानी
कहिले आउँछ भुकम्प,
कहिले पर्छ खडेरी
तर पनि न टुट्छन जरा
न ओइलिन्छन पातहरु
आफ्ना जराहरु, सशक्त बनाउँदै
अस्तित्वको
परिचय दिइरहेका छन्
आफनै व्याडबाट ती धानका बिरुवाहरु
त्यति मात्रै कहाँ होर ?
त्यही व्याड्मा, कतै देखिने तर
विकेन्द्रीत भै पात हल्लाउँदै
ओझेलमा पार्न खोज्ने
सामा र झारहरुको दुस्साहसलाई
समेत परास्त गर्ने,
दक्षताको परिचय गराई
लह लहाउँदै,
लक्ष्य बोकेर निरन्तर अगाडि
बढिरहेकाछन् ती धानका बिरुवाहरु !
जरैदेखिको संघर्ष र
अस्तित्वको पहिचान
केवल आफ्ना
समयमै फुल्ने फूल र फलको
नमूना तुलना गरि प्रोयोग गर
फूल हेर, भुल नहेर
फल हेर, स्थल नहेर
भन्ने शन्देश छरिरहेका छन्
ती धानका बिरुवाहरुले
फेरी अस्तित्वको लडाई
जित्ने वाचा गर्दैछन् ।
निर्भिक, निडर योद्धाहरु ।
















