सुरत, १२ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत महिला नगर विभाग गठन गरेको छ ।
पुष्कर तिमिलसिनाको सञ्चालन तथा पुर्ण बिकको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा केन्द्रिय सदस्य गोविन्द बहादुर थापाको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सदस्य तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, क्षेत्रीय सदस्य टंक शाहको आतिथि आसन ग्रहण गर्नुभएको थियो ।
भेलामा सहभागिहरुलाई गिता बस्यालले स्वागत गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण पछी भेलामा प्रमुख अतिथी केन्द्रिय सदस्य गोविन्द बहादुर थापाले मूल प्रवाहको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।
भेलाले शान्ति तिरुवाको अध्यक्षतामा १३ सदस्यीय सुरत महिला नगर विभाग गठन गरेको छ । नयाँ समितिको नामावली क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्कीले घोषणा गर्नुभएको थियो । जसमाः सचिव– गिता बस्याल, कोषाध्यक्ष– शान्ति विक, त्यस्तै सदस्यहरुमा क्रमशः प्रिया विक, नन्दिनी विक, मनिसा विक, फम्फा विक, विष्णु विक, गिता तिमिल्सिना, जुनकला विक, संगिता विक, रमिला विक र रत्न विकलाई चयन गरेको छ ।
निर्बाचित समितिलाई क्षेत्रीय समिति सदस्य टंक शाहले शुभकामना दिनु भएको थियो ।
















