हाम्रो बारेमा

यो साइटलाई विश्वभरीका जनताको साझा मञ्च बनाउने हाम्रो प्रयत्न रहने छ तर तत्काल हाम्रो मुख्य जोड विभिन्न कारणले विश्वका कुना काप्चामा रहेका नेपालीहरूलाई एकै ठाउँमा ल्याउँने हुने छ । हामीले नेपालका राष्ट्रिय स्तरका समस्याबारे बढी भन्दा बढी प्रकाश पार्ने प्रयत्न गर्ने छौं । त्यसका साथै नेपालको प्रजातान्त्रिक, वामपन्थी र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनसित जोडिएका राजनीतिक, वैचारिक समस्याहरूमाथि पनि प्रकाश पार्न उत्तिकै प्राथमिकता दिने छौं

आन्दोलनसित जोडिएका समाचार, फिचरहरूलाई लगातार अवद्यतन गर्ने हाम्रो प्रयत्न रहने छ । त्यसका अतिरिक्त भारतमा नेपालीहरूले भोग्नु परेका समस्याहरूबारे बढी भन्दा बढी सामग्रीहरू दिने, उनीहरूका सामाजिक, राजनैतिक, साँस्कृतिक कृयाकलापहरूबारे सूचना प्रेषित गर्न पनि हामी उत्तिकै प्रयत्न गर्ने छौ । अन्तर्राष्ट्रिय तहका समस्या, विश्व कम्युनिष्ट आन्दोलन, त्यसका वैचारिक समस्याहरूबारे पनि सक्दो सामग्री उपलब्ध गराउने तर्फ हाम्रो प्रयास रहनेछ । ती सबैका अतिरिक्त प्रगतिशील साहित्य, संगीतसित जोडिएका सूचना, विचारहरू संप्रेषण गर्ने तर्फ पनि हाम्रो ध्यान जाने छ । महिला, दलित, जनजातिहरूका प्रश्नलाई समेत स्थान दिन हाम्रो नीति रहने छ । त्यसो भन्नुको अर्थ विश्वका अन्य भागमा रहेका नेपालीहरूको उपेक्षा गर्नु कदापी होइन । हामीले संभव सबै विकल्पहरूको प्रयोग गरेर विश्वभरी रहेका नेपालीहरूका समस्याहरूबारे बढी भन्दा बढी आवाज उठाउने, उहाँहरूका आवाजहरूलाई पुरजोर सहयोग पुर्‍याउने प्रयत्न त गर्ने छौं नै त्यसका साथ साथै माथि उल्लेख गरिएका विभिन्न विषयहरूमा उहाँहरूको प्रतिक्रिया जान्ने, उहाँहरूसित छलफल अन्तक्रिया गर्ने प्रयत्न पनि हामीले गर्ने छौ । त्यसो गर्नुको तात्पर्य यो हो कि मातृभूमिबाट टाढा रहे पनि आफ्ना देशका समस्याहरूबारे उहाँहरूलाई बढी सजग, सचेत गर्न सकियोस् ।

हुन त आजको युग सूचना सम्राज्यको युग हो । विश्वको कुनै पनि कुनामा बसे पनि एउटा सोशियल साइटको अप्लिकेशन थिच्ने वित्तिकै हजारौं–लाखौं सूचाना प्राप्त गर्न सकिन्छ । ती सूचनाहरू आफैमा सान्दर्भिक, सत्य, वैज्ञानिक र क्रान्तिकारी हुन्छन भनेर दाबी गर्न सकिन्न । यसै पनि कपोकल्पित र भ्रामक समाचार र सुचनाहरुलाई भाइरल बनाएर रातारात चर्चित बन्ने गरेका सन्दर्भबाट पनि हामी अनभिज्ञ छैनौं । त्यसप्रकारको समस्याहरुका विरुद्ध एउटा सच्चा र स्वच्च प्रकारले श्रमजिवीहरुको आवाज बुलन्द गर्ने सुचना सम्वाहकको महसूश गरेर नै हामीले यो नेपाली एकता डटकमको शुरूवात गरेका छौं ।

भारतका हरेक राज्य, नेपाल र संसारका सम्पूर्ण देशहरुमा छरिएर रहनु हुने श्रमजिवी नेपालीहरुको भावनालाई अंगाल्दै अगाडि बढ्ने हाम्रो उदेश्य रहने छ । हाल हामीले “नेपाली समाचार” साप्ताहिक प्रिंट संस्करण मार्फत श्रमजीवी नेपालीहरुको आवाजलाई समेटदै आएका छौं, यो साइट मूल रुपमा त्यसैको इन्टरनेट संस्करण नै हो । तर इन्टरनेटको विश्वव्यापी पहुँच, तीब्रता र व्यापकतामाथि ध्यान दिदै हामीले यसलाई अन्तक्रियात्मक मञ्च समेतका रुपमा प्रस्तुत गर्ने जमर्को गरेका छौं । हाम्रो त्यसप्रकारको प्रयत्नले विश्व भरी छरिएर रहेका देशभक्त, प्रजातान्त्रिक, वामपन्थी र क्रान्तिकारी नेपालीहरूलाई आफ्ना समस्या, विचार, प्रतिभा, भावना पोख्ने चैतारी प्रदान गरेर थोरै भएपनि सहयोग पुर्‍याउने सक्यो भने हामीलाई खुशी लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार