युवक संघले मंसिर र पुष महिनाभर देशब्यापी भेला-प्रशिक्षण गर्ने

काठमाडौं । अखिल नेपाल युवक संघले आगामी मंसिर र पुष महिनाभर देशब्यापीरुपमा बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गर्ने ठेगान गरेको छ । मंगलबार बसेको युव संघको भर्चुअल बैठकले केन्द्र, प्रदेश, जिल्ला रस्थानीयस्तरका प्रशिक्षण हरु सम्पन्न गर्ने निर्णय गरेको हो ।

यस्तै, युवक संघले समसामयिक विषयमा सरकारलाई खबरदारीका साथै कोभिडले युवा वर्गमा पारेको असरबारे बृहत भर्चुअल अन्तरक्रिया गर्ने समेत ठेगान गरेको छ ।

अध्यक्ष अनिलकिशोर घिमिरेले प्रेशित गर्नुभएको विज्ञप्तिमा कोभिडको नाममा अन्य रोग लागेका बिरामीहरुसमेत उपचारबाट बन्चित भैरहेको भन्दै मेडिकल माफियाहरुले राज्य संयन्त्रसँग मिलेर बिरामीको स्वास्थ्य माथि खेलवाड गरिरहेको आरोप लगाइएको छ ।

युवक संघले असक्षम र कालो सूचीमा रहेका ठेकेदारहरुलाई ठुलाठुला योजना सुम्पने र गुणस्तरहीन काम गराएर मोटो कमिसन खाने गरिएको भन्दै आपत्ति पनि जनाएको छ । यस्तै, नेपालमा विभिन्न नाममा विदेशी शक्तिकेन्द्रहरु प्रवेश गरिरहेका र नेपाली स्वाभिमानका विरुद्ध चलखेल गरिरहेका भन्दै युवक संघले उनीहरुका सबै षडयन्त्रलाई परास्त गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

यस्तो छ विज्ञप्ति

‘१) अखिल नेपाल युवक संघ केन्द्रीय समितिको भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकले कोभिड १९ को कारण स्थगित भएका संगठनका गतिविधिहरुलाई परिस्थितिको ख्याल गर्दै अगाडि बढाउने निर्णय गरेको छ। जसअनुसार आगामी कार्तिकसम्म नव युवा गर्जन प्रकाशित गर्ने, मंसिर र पौष महिनाभर स्थानीय तहमा बैठक, भेला, प्रशिक्षण गर्ने ठेगान गरेको छ । केन्द्रीय र प्रदेश साथै जिल्लास्तरका प्रशिक्षणहरु सम्पन्न गर्ने निर्णय गरिएको छ । कोभिडले युवा वर्गमा पारेको असरबारे बृहत भर्चुअल अन्तरक्रिया गर्ने समेत ठेगान भएको छ ।

२) केन्द्रिय सचिब भक्त विकले संगठनका अन्य जिम्मेवारीहरु पूरा गर्नुपर्ने जनाइ दिनुभएको राजीनामा स्वीकृत गरिएको छ। केन्द्रीय सदस्य आशिष जबेगु, शिव फुयाल, राष्ट्रिय परिषद सदस्य समर शाहीले संगठनको अनुशासनमा बस्न नसकेकोले केन्द्रीय समितिबाट निस्काशन गरिएको छ ।केन्द्रीय सल्लाहकार जितामित्र सुनार र बालकृष्ण सुबेदीले पनि अनुशासन विरुद्धको गतिविधिमा संलग्न भएकोले सल्लाहकारबाट निलम्बन गरिएको छ। केन्द्रीय सल्लाहकारमा भक्त विकलाई थपिएको छ।

३) कोभिड को नाममा कयौं अन्य रोग लागेका बिरामीहरु समेत उपचारबाट बन्चित भैरहेका छन् । मेडिकल माफियाहरुले कोभिडको बाहनामा राज्य संयन्त्रसँग मिलेर बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने अपराधिक कार्य र भ्रस्टाचार गरिरहेका समाचार आइरहेका छन् । सरकार सञ्चालक दलहरु विश्वब्यापी समस्याको रुपमा देखा परेको समस्या समाधान गर्ने, यसबाट जोगिन उपायहरु खोज्ने, नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्नु पर्नेमा ब्यक्तिगत र गुटगत स्वार्थमा ब्यस्त भैरहेका छन् । गणतन्त्रमा समेत जनताप्रति उत्तरदायी सरकार हामीले पाउन सकेका छैनौं । कयौं असक्षम र कालो सूचीमा रहेका ठेकेदारहरुलाई ठुलाठुला योजना सुम्पने र गुणस्तरहीन कामहरु गराउने साथै मोटो कमिसनको खेलमा कयौं महत्त्वपूर्ण योजनाहरु अलपत्र पार्ने काम गरिएको छ । हामी यसप्रकारको कार्यको बिरोध गर्न चाहान्छौं । राज्यको यही प्रकारको अकर्मण्यता हुने हो भने मुलुक भयावह आर्थिक संकट र स्वास्थ्य संकटमा फँस्ने निश्चित छ । यस्तो अवस्थामा आम जनता र युवावर्गले सरकारका गलत काम कार्बाहीको खबरदारी गर्नु जरुरी छ।

४) कोभिडको विश्वब्यापी समस्याकोबीचमा कयौं विदेशी शक्तिकेन्द्र, दलाल, पूँजीपतिहरु नेपालको स्वाभिमानको विरुद्धमा आर्थिक सहयोगको नाममा धार्मिक सांस्कृतिक जागरणको नाममा, शैक्षिक सुधारको नाममा, प्रवेश गरिरहेका छन् । तिनीहरुका षड्यन्त्रहरुलाई परास्त गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्ने छ । त्यसको लागि आम जनसमुदाय र युवा तप्का लाई सचेत रहन आग्रह गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार