मुम्बई, १८ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा समाजका महासचिव ठाकुर खनाल, केन्द्रीय सचिव प्रेम पौडेल, सल्लाहकार धनवीर पुन मगरले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा पार्टी अनुशासन, भारतमा मूल प्रवाह अखिल भारत एकता समाजको स्थापना र महत्व र तात्कालिक राजनीतिक परिस्थिति तथा राजनीतिक पार्टी लगायतका विषय समेटिएको थियो ।
ज्ञान प्रसाद भट्टराईको सञ्चालन तथा खुम बहादुर पुनको अध्यक्षताबाट अगाडि बढेको सो प्रशिक्षण कार्यक्रममा एक मिनेट मौनधारणपछि उपस्थित जनसमुदायलाई टंक कुँवरले स्वागत गर्नुभएको थियो ।
















