पश्चिमोत्तर क्षेत्रीय समितिमा मूल प्रवाहको प्रशिक्षण

दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, महासचिव ठाकुर खनाल, केन्द्रीय सदस्य लालचन्द पन्थ, मतिराज गौतम, सल्लाहकार धनवीर पुन, सुर्य बहादुर क्षेत्री, राम बहादुर विक आतित्थ्यता गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा पार्टी अनुशासन, भारतमा मूल प्रवाह अखिल भारत एकता समाजको स्थापना र महत्व र तात्कालिक राजनीतिक परिस्थिति तथा राजनीतिक पार्टी लगायतका विषयमा दुर्गा बहादुर केसी, ठाकुर खनाल र लालचन्द पन्थले प्रशिक्षण दिनुभएको थियो ।

क्षेत्रीय सहसचिव शिव केसीको सञ्चालन तथा क्षेत्रीय कावा अध्यक्ष विक्रम सिंह राणाको अध्यक्षताबाट अगाडि बढेको सो प्रशिक्षण कार्यक्रममा एक मिनेट मौनधारणपछि उपस्थित जनसमुदायलाई क्षेत्रीय सचिव शालिकराम आचार्यले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार